गर्भवती महिलाको मृ’त्युपछि अस्पताल तो’डफोड

उदयपुर, २० फागुन । जिल्ला अस्पताल उदयपुर गाईघाट त’नावग्र’स्त बन्न पुगेको छ । अस्पतालमा शुक्रबार बिहान ग’र्भवती महिलाको मृ’त्यु भएको भन्दै मृ’तकका आफन्तले अस्पताल तोडफोड गरेका हुन ।

अस्पतालमा केही दिन अघि सुत्केरी गराउन ल्याएकी उदयपुरगढी गाउँपालिका- ६ नेपालटारकी ३२ वर्षिय गर्भवती महिला सीता राउत कार्कीको उपचारका क्रममा मृ’त्यु भएको हो ।

तर, मृ’तकका आफन्तले भने स्वास्थ्यकर्मीको लापरबाहीले सीताकाे मृ’त्यु भएको भन्दै अस्पताल तोडफोड गरेका हुन । गर्भवती सीताकाे उपचार अभावमा मृ’त्यु भएको उनको आफन्तले आ’रोप लगाएका छन् । गत १७ फागुनमा नै सुत्केरी गराउन जिल्ला अस्पताल गाईघाट ल्याएकी उनकाे उपचार नपाएरै मृ’त्यु भएको श्रीमान् अर्जुन कार्कीले बताए ।

जिल्ला अस्पतालका डाक्टरहरूले १७ फागुनदेखि नै नर्मल डेलिभरी हुन्छ भन्दा भन्दै राखेर श्रीमतीको उपचार नै नपाएर मृ’त्यु भएको श्रीमान कार्कीले आरोप लगाए । ‘नर्मल हुन्छ किन बाहिर लैजान्छौ भनेर राखे । तर, अहिले श्रीमतीको मृ’त्यु भयाे,’ कार्कीले बताए ।

पीडितका आफन्तले अस्पतालको लापरबाहीले गर्भवतीको मृ’त्यु भएको भन्दै अस्पताल तो’डफोड गरेका हुन् । अस्पताल तो’डफोडपछि अस्पतालबाट दिइँदै आएको सम्पूर्ण सेवा बन्द भएको छ । ओपिडि चलिरहेको समयमा एक्कासि तो’डफोड हुन गएपछि अस्पताल पुगेका सर्वसाधारणकाे भागाभाग भएको छ । अस्पतालका चिकित्सकले भने गर्भवतीको अवस्था खराब रहेकाले तत्काल अप्रेसन गर्न आग्रह गर्दै मृ’तकका आफन्तले नमानेका कारण सीताकाे मृ’त्यु हुन पुगेकाे बताउँछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।