उपचारको क्रममा गर्भवतीको मृ’त्यु, दुई दिनपछि परिवारले शव जिम्मा लिए

उदयपुर, २१ फागुन । उपचारका क्रममा दुई दिनअघि जिल्ला अस्पताल गाईघाटमा ज्यान गुमाएकी उदयपुरगढी गाउँपालिका–६ नेपालटारकी ३२ वर्षीया गर्भवती सीता राउत कार्कीको शव परिवारले जिम्मा लिएका छन् । स्वास्थ्यकर्मीको लापरबाहीले गर्भवतीको मृ त्यु भएको भन्दै परिवारले शव उठाउन मानेका थिएनन् ।

मृ तकका परिवारले उपचारमा सम्लग्न स्वास्थ्यकर्मीमाथि छानबिन, पीडित परिवारलाई उचित क्षतिपूर्ति र मृतकका दुई छोरीको स्वास्थ्य र शिक्षाको ग्यारेण्टी लिनु पर्ने माग गर्दै आएका थिए । दुई दिनसम्मको छलफलबाट कुनै निश्कर्ष ननिस्किएपछि शव बुझेको पीडितका परिवारले जनाएका छन् ।

पीडित परिवारलाई त्रियुगा नगरपालिकाले छोरीहरूको शिक्षाका लागि एक लाख ५० हजारको अक्षयकोष उपलब्ध गराउने र उदयपुरगढी गाउँपालिकाले नमूना माध्यामिक बिद्यालय भलायाडाडामा कक्षा १२ सम्म प्राविधिक शिक्षा निःशुल्क पढाउने मौखिक सहमति गरेका छन् ।

गर्भवतिको मृ त्युपछि अस्पतालमा आफन्तले तोडफोड गरेका थिए । सुत्केरी गर्न ल्याएको गर्भवति महिलाको मृ त्यु भएको भन्दै उनका आफन्तले अस्पताल तोडफोड गरेका थिए ।

राउत कार्कीको उपचार अभावमा मृ त्यु भएको उनको आफन्तको आरोप छ । १७ फागुनमा सुत्केरी गराउन जिल्ला अस्पताल गाईघाट ल्याएको र उपचार नपाएरै मृ त्यु भएको श्रीमान् अर्जुन कार्कीले बताए । जिल्ला अस्पतालका चिकित्सकहरूले १७ फागुनदेखि नै नर्मल डेलिभरी हुन्छ भनेर राख्दा श्रीमती मृ त्यु भएको कार्कीको आरोप छ ।

अस्पतालका चिकित्सकले भने गर्भवतीको कन्डिसन खराब रहेकाले तत्काल अप्रेसन गर्न आग्रह गर्दा मृ तकका आफन्तले नमानेको र दुर्घटना भएको बताउँछन् ।

आन्दोलनमा उत्रिएकाहरूले चिकित्सकमाथि समेत हातपात गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो । आक्रोसित भिडबाट हुनसक्ने तोडफोड तथा स्वास्थ्यकर्मीमाथि कुटपिटप्रति सतर्कता अपनाउँदै प्रशासनले सुरक्षाकर्मी तैनाथ गर्दै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।