अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस साताव्यापी मनाइने

एसवी थापा/सर्लाही, २२ फागुन ।नेकपा (एमाले) निकट महिला संगठन अखिल नेपाल महिला (अनेम)संघ सर्लाहीले ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस साताव्यापी मनाउने भएकाे छ ।

संघले हरेक वर्ष मार्च ८ मा श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ । सोही अवसरमा जिल्लाका विभिन्न स्थानमा सचेतनादेखि अनुगमनसम्मको गतिविधि गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएकाे हाे ।

अनेम संघ सर्लाहीकी अध्यक्ष कल्पना कटुवालले २७ फागुनसम्म विभिन्न गतिविधि गरिने बताइन् । संघले मानवसेवा आश्रममा फलफूल वितरण गरेको छ । आइतबार पद्म भुवनेश्वरी नमुना बृद्धा सेवा आश्रम लालबन्दीमा बृद्धबृद्धालाई मिष्ठान्न भोजन गराउने संघले जनाएकाे छ ।

सोमबारदेखि बर्थिङ सेन्टरको अनुगमन गर्ने र सरोकावाला समूहसँग अन्तर्क्रिया गर्ने, महिला भेला तथा स्थानीय निर्वाचन केन्द्रित महिला सशक्तिकरणका लागि सचेतना कार्यक्रम गर्ने र २७ फागुनमा चन्द्रनगर गाउँपालिकास्थित नारीमैनताल प्रांगणमा अभियानको समीक्षासहित समापन गरिने कटुवालले जानकारी दिइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।