ओखलढुंगामा सवारी दुर्घटना ! १ को मृ’त्यु, ७ जना घाईते
ओखलढुङ्गा, फाल्गुन २२ ।ओखलढुंगाको सिद्दिचरण नगरपालिका-५ सिस्नेखोला स्थित रुम्जाटार ओखलढुंगा भित्री सडक खण्डको माम्खामा दुर्घटना हुँदा १ जनाको मृ त्यु भएको छ भने ७ जना घा ईते भएका छन । मृ त्यु हुनेमा ओखलढुङ्गा चिसंखुगढी गाउँपालिका -३ दियालेकी ३८ बर्षीया कुमारी श्रेष्ठ रहेकि छिन ।
आज बिहान ८ बजे ओखलढुंगा तर्फ आउदै गरेको प्रदेश १-०२-००१ ज ३८७५ नम्बरको बोलेरो अचानक सडकबाट २५ मिटर तल खसेर दु र्घटना भएको थियो । दुर्घटनामा परी श्रेष्ठको घटनास्थलमानै मृ त्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढूङगाले जनाएको छ ।
महाअभियोग प्रस्तावबारे सिफारिस समिति गठन हुने
काठमाडौँ, २२ फागुन (रासस) ःप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराविरुद्ध प्रतिनिधिसभामा दर्ता भएको महाअभियोग प्रस्ताव अगाडि बढाउन दलहरुबीच सहमति भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले आज बोलाउनुभएको कार्यव्यवस्था परामर्श समितिमा उक्त प्रस्तावमाथि अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्न ११ सदस्यीय सिफारिस समिति गठन गर्ने सहमति भएको संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।
यससम्बन्धी विषय आजको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा राखिने जनाइएको छ । प्रधानन्यायाधीशको कार्यक्षमता र आचारणसम्बन्धी प्रश्न उठाएर यही फागुन १ गते उक्त प्रस्ताव दर्ता भएको थियो । प्रतिनिधिसभा नियमावाली, २०७५ को नियम १६२ बमोजिम सो समिति गठनको व्यवस्था छ ।
यसैबीच आज दिउँसो १ बजेका लागि तोकिएको प्रतिनिधिसभाको बैठक कार्यव्यवस्था परामर्श समितिको बैठकका कारण सुरु हुन ढिलाइ भएको छ ।


