होटलको कोठामा मृ’त फेला परेकी महिलाको ह’त्यामा संग्लग्न धनकुटाका २४ बर्षीय राना पक्राउ
सुनसरी, फाल्गुन २२ । सुनसरीको धरान उप-महानगरपालिका-१८ मा रहेको न्यु कान्तिपुर होटल एण्ड लजको १०९ नम्बर कोठामा यही फाल्गुन १७ गते मृ’त फेला परेकी महिलाको पहिचान भएसंगै उनको ह’त्यामा संग्लग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाख्रीवास नगरपालिका-६ धनकुटाका २४ बर्षीय जिवन उपनामका बिनेश राना रहेका छन् । फाल्गुन १७ गते बिहान ७ बजेको समयमा होटलको कोठामा १ जना महिला मृ’त रहेको भनी जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी टोली खटि गई घटना सम्वन्धमा अनुसन्धान शुरु गरेको थियो ।
तत्काल पहिचान नखुलेकी महिला मृ’त अवस्थामा रहेको पाए संगै पहिचान गर्ने क्रममा मिक्लाजुङ गाउँपालिका-१ पाँचथर घर भई हाल ईटहरी-५ मा बस्दै आएकी ३९ बर्षीया सुमित्रा तामाङ रहेको खुलेको थियो । यसरी मृ’तकको पहिचान खुलेसंगै उक्त घटनामा संग्लग्नको खोजतलास गर्ने क्रममा रानालाई फाल्गुन २१ गते बेलुका धनकुटाबाट प्रहरीले पक्राउ गरेको हो ।
ह’त्याको आरोपमा पक्राउ परेका रानाको सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।


