मुख्यमन्त्रीसहितको टोलीद्वारा भरत तालको भ्रमण

एसवी थापा/सर्लाही, २२ फागुण । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सर्लाहीको बागमतीमा रहेको निर्माणाधीन भरत तालको अवलोकन भ्रमण गरेका छन् । आइतवार मुख्यमन्त्री पोखरेल मधेश प्रदेशका विभिन्न स्थानको भ्रमणका क्रममा सर्लाहीको बागमतीस्थित भरत तालमा आईपुगेका थिए । १८ सदस्यीय टोलीको नेतृत्व गर्दै मुख्यमन्त्री पोखरेलको भ्रमण टोली बागमती आइपुगेको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाले जानकारी दिए ।

मुख्यमन्त्रीको भ्रमण टोलीको भ्रमण नेतृत्व मधेश प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतोले गरेका थिए । गण्डकी प्रदेशका मुख्यमन्त्री नेपालीको निमन्त्रणामा केही समय पहिला मात्र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गण्डकी प्रदेश भ्रमणमा पुगेका थिए ।

सोही समयमा मुख्यमन्त्री राउतले मधेश प्रदेश भ्रमणको निम्ता दिए थिए । सोही आतिथ्यता स्वीकार गर्दै आफू मधेश प्रदेश भ्रमणमा आएकोे मुख्यमन्त्री नेपालीले बताए । मुख्यमन्त्री नेपालीको टोलीले भरत तालमा रहेको मिनी क्रुजमा केही समय सयर गरेको थियो ।

सोही क्रममा मुख्यमन्त्री नेपालीले तालको निर्माणको अवस्था यसको भावी योजना, तालले भविश्यमा यस क्षेत्रको नागरिक र नगरको आर्थिक, सामाजिक, भौतिक विकासमा खेल्ने भूमिकाको विषयमा समेत जानकारी लिए । ताल भ्रमणपछि पत्रकारहरूसगँ कुरा गर्दै मुख्यमन्त्री नेपालीले संघीयतालाई मजबुत बनाउन प्रदेशको पहिचान र हैसियत देखिनु पर्छ भन्ने कुरामा आफु विश्वस्त भएको बताए ।

यसको लागि अन्तर प्रदेशीय सरकारहरूको सद्भाव यात्रा जरुरी रहेको ठानेर मधेश प्रदेशका सरकार प्रमुखलाई आफ्नो प्रदेश भ्रमण गराएको उनकाे भनाइ थियो । र, सोही अभियानअन्तर्गत आफु मधेश प्रदेश आइपुगेको बताए । तालको भ्रमणका क्रममा आफुले मधेश प्रदेशमा विकासको लागि जनप्रतिनिधि र जनतामा विकासको लागि जुर्मुराहट रहेको महसुस भएको मुख्यमन्त्री नेपालीको भनाइ थियो ।

यस्तै जनकपुर-पोखरा सिधा हवाई उडानले दुवै प्रदेशको पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेल्ने उन्को भनाइ छ । जनकपुरधाम ऐतिहासिक पवित्र धार्मिक तिर्थस्थल र पोखरा जस्तो पर्यटकीय स्थललाई हवाई मार्गमा जोड्ने बित्तिकै दुवै स्थानमा आएका पर्यटकले सजिलै पोखरा र जनकपुरधामको भ्रमण गर्न सक्ने उनले विश्वास व्यक्त गरे । ‘मलाई के विश्वास छ भने जनकपुरबाट गएका पर्यटक जोमसोम सम्म पुगेर फर्कने छन्,’ उनले भने ।

शनिबारबाट सुरु भएको पोखरा–जनकपुर सिधा हवाई उडानमार्फत जनकपुर उत्रिएका मुख्यमन्त्री नेपालीले मधेशका सरकार र जनताको स्वागत अत्यन्त अविश्मरणीय रहेको बताए । ‘मधेश प्रदेशका जनता र सरकारले आफुहरूलाई गरेको स्वागत, गण्डकी प्रदेश सरकार र जनतालाई गरेको स्वागतको रुपमा हामीले सम्झेका छौँ,’ उनले भने, ‘यसबाट म लगायत गण्डकी प्रदेशनै भावनात्मक भएका छौँ ।’

मुख्यमन्त्री नेपाली मधेश प्रदेशका विभिन्न धार्मिक एवं एतिहासीक स्थलहरुको भ्रमण गर्दै आइतबार सर्लाही आईपुगेका हुने । मुख्यमन्त्रीको टोली रौटहटको नुनथर क्षेत्रको अवलोकन भ्रमणपछि पर्सा राष्ट्रिय निकुञ्जका लागि प्रस्थान गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖