प्रदेश सरकारले ११२ औं अन्र्तराष्ट्रिय महिला दिवस भव्य रुपमा मनाउने

विराटनगर, २३, फागुन । प्रदेश १ सरकारले ११२ औं अन्र्तराष्ट्रिय महिला दिवस भव्यरुपमा मनाउने भएको छ । सामाजिक विकास मन्त्रालयले आज पत्रकार सम्मेलन गरि मार्च ८ अर्थात भोली मनाईने दिवसको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

मन्त्रालयका सचिव दीर्घराज मैनालीले भोली विहान मुख्यमन्त्री राजेन्द्रकुमार राईको उपस्थितिमा सामाजिक संघ संस्थाहरुको सहभागितामा विराटनगर देवकोटा चौकमा भेला भएर नेपाल प्रहरीको ब्याण्ड वाजा र सांस्कृतिक झाँकी सहित बृहत ¥याली निकालिने बताउनुभयो । उहाँले ¥याली जलजला मोडबाट बजार परिक्रमा गरि गोल्छा चौक हुँदै आदर्श माविको मञ्चको कार्यक्रममा सहभागि हुने तयारी गरिएको पत्रकार सम्मेलनमा सचिव मैनालीले जानकारी दिनुभयो ।

¥यालीपछि विहान साढे ८ वजेदेखि आदर्श माविको प्राङगणमा खुल्ला रक्तदान कार्यक्रम राखिएको उहाँले बताउनुभयो । दिउँसो मानवसेवा आश्रममा आश्रितलाई फलफूल वितरण कार्यक्रम गरिने र साँझ साढे ५ वजे विराटनगर ट्राफिक चौकमा दीप प्रज्वलन गरि दिवस समापन गरिने सचिव मैनालीले बताउनुभयो ।

११२ औं अन्र्तराष्ट्रिय महिला दिवस ‘सामाजिक न्याय र लैंगिक समानता ः दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ मनाईदैछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।