तेह्रथुममा ट्याक्टर प’ल्टिँदा एकको मृ’त्यु, चालक पक्राउ

प्रकाश पाक्साँवा/फागुन २४, तेह्रथुम । तेह्रथुम सदरमुकाम म्याङलुङ नगरपालिका-१ केउरेनी, डाँडाखर्कमा ट्याक्टर दु’र्घटना हुँदा एक युवकको मृ’त्यु भएको छ ।

मृ’त्यु हुनेमा सोँही ठाउँका वर्ष २२ का किशोरकुमार विश्वकर्मा रहेका छन् । म्याङलुङ बजारबाट घर फर्कने क्रममा प्रदेश १-०२-००३ त १२१२ नम्बरको ट्याक्टर साेमबार राति ८ बजे दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा सहचालक महेशकुमार विश्वकर्माको दाहिने खुट्टा भाचिएको छ । उनलाई उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए ।

ट्याक्टर दु’र्घटना स्थलबाट करिब ६० मिटर तल खसेर ‘क्षतवि’क्षत अवस्थामा रहेको समेत प्रहरीले जनाएको छ । ट्याक्टर चालक सुवास विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।