कार्यसम्पादन मूल्याङ्कनमा दिक्तेल रुपाकोट मझुवागढी पहिलो

खोटाङ, २४ फागुन । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्याङ्कनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पहिलो भएको छ । आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा बढी ७५.१८ अङ्क ल्याएर दिक्तेल रुपाकोट पहिलो भएको हो ।

६३.०७ अङ्क ल्याएर हलेसी तुवाचुङ नगरपालिकाले दोस्रो, ६२.२० अङ्कसहित बराहपोखरी तेस्रो, ५८.३८ अङ्कसहित खोटेहाङ चौथो, ५७.०२ अङ्कसहित साकेला पाँचौँ, ५६.३६ अङ्कसहित रावाबेँसी छैटौँ, ५१.३४ अङ्कसहित जन्तेढुङ्गा सातौँ, ५१.२७ अङ्कसहित दिप्रुङ चुइचुम्मा आठौँ, ४९.७० अङ्कसहित ऐँसेलुखर्क नवौँ र ३७.५७ अङ्कसहित केपिलासगढी गाउँपालिका १०औँ स्थानमा परेको छ ।

आयोगले कार्यसम्पादन सूचक मूल्याङ्कनबाट प्राप्त अङ्क र तथ्याङ्क सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको सूचकअनुसार सङ्घीय सञ्चित कोषबाट प्रदेश र स्थानीय तहलाई समानीकरण अनुदान सिफारिस गर्ने चलन रहेको जनाइएको छ । सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्याङ्कसमेतका आधारमा आयोगले कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ । स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनका लागि विभिन्न १७ वटा सूचक तय गरिएको थियो ।

आयोगले पालिकाले समयमै बजेट पेस गरे÷नगरेको, असार मसान्तभित्र बजेट पास गरे÷नगरेको, स्थानीय तहले करवापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम सञ्चित कोषमा जम्मा गरे÷नगरेको, आउँदो आर्थिक वर्षका लागि आय व्ययको प्रक्षेपण गरिएको तथ्याङ्कसहितको विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे÷नगरेको, बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी हरेक वर्षको कात्तिक मसान्तभित्र सार्वजनिक गरे÷नगरेकोलगायतका विषयमा मूल्याङ्कन गर्छ । त्यस्तै आन्तरिक राजस्वको लक्ष्य र सङ्कलन, अघिल्लो वर्षको बजेट र खर्चको अवस्था, बेरुजु, सूत्रको प्रयोग, आवधिक योजना तय गरे÷नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको सङ्ख्या, संस्थागत प्रसूति सेवा लिने महिलाको सङ्ख्यालगायत शीर्षकका सूचकको आधारमा आयोगले स्थानीय तहलाई अङ्कभार दिएको हो ।

दुई गाउँ प्रहरी सेवाबाट निकालिए

ऐसेलुखर्क गाउँपालिकामा कार्यरत दुईजना गाउँ प्रहरीलाई सेवाबाट हटाइएको छ । विसं २०७६ फागुन १४ गतेदेखि कार्यरत दुई गाउँ प्रहरीले कार्यसम्पादनमा चित्त बुझ्दो काम नगरेकाले उनीहरुलाई सेवाबाट हटाइएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले जानकारी दिनुभयो ।

तीन गाउँ प्रहरी भर्ना गरिएको उक्त गाउँपालिकामा हाल एक जनामात्रै कार्यरत छन् । दुई हटाइएसँगै रिक्त बनेको दरबन्दीमा नयाँ गाउँ प्रहरी भर्नाका लागि विज्ञापन खुलाउने तयारी गरिए पनि चुनावको मुखमा नकरात्मक आक्षेप आउने भएकाले भर्ना रोकिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले चार गाउँ प्रहरीको दरबन्दी सिर्जना गरेको छ । गाउँ प्रहरीले हाल कार्यालयमा हुने भीडभाड नियन्त्रण गर्ने, ऐसेलुखर्क बजारका सडक पेटीमा सामान राखेर बिक्री गर्न तथा निर्माण सामग्री राखेर आवागमनमा अवरोध पु¥याउनमा रोक लगाउनेलगायतका काम गर्दै आएको छ ।

यस्तै बजारमा हुने अनियमितता नियन्त्रण गर्दै बजारलाई अनुशासित राख्नका लागि गाउँ प्रहरीले माइकिङ गर्ने, सिट्ठी बजाउँदै हिँड्नेलगायतका भूमिका निर्वाह गरिरहेको गाउँपालिकाले जनाएको छ । गाउँ प्रहरीलाई कार्यालय सहयोगी स्वसरह सेवा–सुविधा पाउने गरी भर्ना गरिएको उहाँले जानकारी दिनुभयो ।

दश स्थानीय तह रहेको जिल्लामा ऐसेलखर्क गाउँपालिकाले जिल्लामै पहिलोपटक तीन जना गाउँ प्रहरी भर्ना गरेको थियो । स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्था भएअनुसारको नीतिलाई कार्यान्वयन गर्दै ऐसेलुखर्क गाउँपालिकाले नागरिकको शान्ति, सुरक्षा र अमनचयन कायम गर्न गाउँ प्रहरी भर्ना गरेको हो । गाउँपालिकाले नियुक्त गरेको गाउँ प्रहरीले नेपाल प्रहरीसँगको सहकार्यमा उक्त गाउँपालिकाको कार्यालयका साथै सातवटै वडाको सुरक्षामा सहयोग गर्दै आएको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।