महिला हिं’सा अन्त्यको बाधक राजनीतिक हस्तक्षेप र फितलो कानुन कार्यान्वयन : शुभद्रा आले

काठमाडौँ, २४ फागुन । ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’ अर्थात जहाँ नारीको पूजा गरिन्छ, त्यहाँ देवता रमाउँछन् । यस श्लोकको अर्काे अर्थमा पनि बुझ्न सकिन्छ कि जहाँ नारीको सम्मान गरिन्छ, त्यहाँ भगवान रमाउँछन् । तर, उनै नारीमाथिको विभेद र अ’त्याचार अझै समाजमा जरो गाडेर बसेको छ ।
विश्व आधुनिक युगमा प्रवेश गरेसँगै महिला शिक्षित पनि हुँदै गए । तर, घरघरमा कुन न कुनै रुपमा महिला हिं’सामा परेको देखिन्छ । हिं’साविरुद्ध आवाज उठाउन अझै पीडित महिलाले सकेका छैनन् । यही माहोल र अवस्थामा पीडित महिलालाई न्याय दिलाउन भने कम्मर कसेर लागेकी छन्, सुभद्रा आले ।

नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई)बाट सेवानिवृत्त भएकी उनी महिला सशक्तिकरणको लागि आवाज उठाउने गरेकी छन् । आफुभित्र भएको समाजप्रतिको चिन्तन, दृष्टिकोण र समाज परिवर्तन गर्ने हेतुका साथ उनी महिला हिं’साविरुद्धको कार्यमा लागेको बताउँछिन् ।

पारिवारिक सल्लाहअनुसार प्रहरीमा प्रवेश गरेकी शुभद्रा सेवानिवृत्तपछि महिला हिं’सा अन्त्य र पीडितलाई न्याय दिलाउने कार्यमा खटिरहेकी छन् । विवाहपछि प्रहरीको जागीरबाट आफूलाई हटाउन श्रीमानलाई साथी भाइदेखि आफन्तसम्मले दिएको सुझावपछि विभेदविरुद्धको कदम चाल्न आफूलाई उत्प्रेरित गरेको शुभद्रा स्मरण गर्छिन् । उनको साथलाई बुबाआमादेखि सासुससुराले पनि साथ दिए ।

‘विवाहपछि मलाई प्रहरीको जागीरबाट निकाल्न श्रीमानलाई सल्लाह दिएपछि विभेदविरुद्ध लाग्न उत्प्रेरित गर्‍यो,’ विगत स्मरण गर्दै शुभद्राले न्युज कारखानासँग भनिन्, ‘तर, प्रहरीको जागीर नछाड्न बुबाआमादेखि सासुससुराले साथ दिनुभयो ।’

प्रहरीमा हुँदादेखि नै आफू महिला हिं’साविरुद्ध लागेको बताउने उनी धेरै महिलालाई हिंसाबाट मुक्त गराएर न्याय दिलाएको बताउँछिन् ।
महिला अधिकार रक्षाका लागि संघर्षमा रहेकी उनी अहिले सबैको प्रिय र आशाको व्यक्ति बनेकी छन् । अझ सरकारले यही कर्ममा लागेकै कारण उनलाई राष्ट्रिय पुरस्कार दिएरसमेत सम्मान गरेपछि आफूमाथि जिम्मेवारी थपिएको महसुस भएको बताउँछिन् ।

तराई मधेश क्षेत्रमा दाइजो प्रथाले महिला हिं’सामा परेका छन् । दाइजो नदिए राम्रो घरकोले बिहे गर्दैन र पछि अरुले पनि विवाह गर्दैनन् भन्ने सोचले अभिभावकहरु दाइजो दिन बाध्य छन् । ‘दाइजो नदिई विवाह गरेका महिलाहरू शारीरिक तथा मा’नसिक हिं’सा भोग्न बाँध्य छन्,’ शुभद्रा भन्छिन्, ‘कतिपय महिला हिंसा सहन नसकेर आ’त्म’ह’त्या गर्न समेत बाँध्य छन् ।’

तराई मधेशमा महिलालाई विभिन्न डर त्रास दिएर घरेलु हिं’सा बढिरहेको उनी बताउँछिन् । दाइजो प्रथा, बाल विवाहजस्ता सामाजिक विकृतिको अझ पनि अन्त्य नभएको देखिन्छ । कानुनमा कडाई, कानुन कार्यान्वयन नहुनु, राजनितिक हस्तक्षेप बढी भएको कारण तराई क्षेत्रमा बढी रुपमा बालविवाह, दाइजो प्रथा अन्त्य हुन नसकेको उनको बुझाइ छ ।

तराईमा स्थानीय भाषा जानेका महिला प्रहरीको अभावमा पनि हिं’सालाई अन्त्य गर्न नसकिएको उनको अनुभव छ । शुभद्रा भन्छिन्, मैथिली भाषा जानेका महिला प्रहरी नहुँदा पीडितले आफ्नो दुःख पीडा व्यक्त गर्न सक्दैनन् । जस कारण उनीहरु पीडा र दमन खेपेर बस्न बाँध्य छन् ।’

आफू प्रहरीमा हुँदा पीडितलाई न्याय दिलाउन मैथली भाषा सिकेको शुभद्राले बताइन् । ‘जो दुःख, पीडा, हिंसामा हुन्थेँ, उनीहरु मसँग आएर आफ्नो पीडा व्यक्त गर्थे । मैले मैथली भाषा जानेकाले उनीहरुलाई समस्या बताउन सजिलो भएको हो,’ उनले भनिन् ।

कानुन कार्यान्वयन र राजनीतिक हस्तक्षेपका कारण महिला हिंसा अन्त्य नभएको शुभद्राको बुझाइ छ । ‘राजनीतिक हस्तक्षेप नहुने र कानुन कार्यान्वयन प्रभावकारी रुपमा हुने हो भने महिला हिंसा अन्त्य गर्न गाह्रो छैन,’ उनी बताउँछिन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।