खप्तड प्रकृतिको अनुपम उपहार हो, मास्टरप्लान बनाएर विकास गरौँ : मन्त्री आले

काठमाडौँ, २४ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमको चार जिल्ला बझाङ, बाजुरा, अछाम तथा डोटीको सङ्गमस्थल खप्तड प्रकृतिको अनुपम उपहार भएको बताउनुभएको छ ।

खप्तड पर्यटन विकास समितिद्वारा आज आयोजित ‘खप्तडको पर्यटन विकासका लागि अन्तक्र्रिया’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले खप्तडजस्तो प्राकृतिक सुन्दरता भएको ठाउँ अन्त कतै नभएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “हामी स्वीट्जरल्याण्ड, सिङ्गापुर घुम्न गइरहेका छौँ तर त्यो नेचुरल होइन, कृतिम हो, हाम्रै देशमा भएका प्रकृतिले दिएका खप्तड, राराजस्ता नेचुरल ठाउँको विकास गरौँ, पर्यटक आउने छन् ।”

मन्त्री आलेले रकमान्तर भयो भने खप्तडको विकासका लागि आफूले केही बजेट यसैपालि छुट्टयाएर अर्थ मन्त्रालयमा पठाएको समेत जानकारी दिनुभयो । उहाँले थप भन्नुभयो, “आगामी वर्षको बजेटका लागि खप्तडको माष्टरप्लान बनाएर दिएको खण्डमा थप बजेट विनियोजन गर्न सकिने छ ।”

खप्तडसहित देशका विभिन्न क्षेत्रमा रहेका प्रकृतिका अनुपम उपहारको विकास, संरक्षणका लागि आफू लागि परेको उहाँको भनाइ थियो । आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका हैसियतले देशमा रहेका सबै पर्यटकीय क्षेत्रको विकासका लागि सधैँ अग्रसर रहने वचन दिनुभयो । देशको हावा, पानी र सुन्दर क्षेत्र अरु ठाउँमा नभएकाले हामी सबै मिलेर हाम्रा पर्यटकीय क्षेत्रको विकासका लागिपर्नुपर्ने उहाँको भनाइ थियो । आफू मन्त्री भएर आइसकेपछि रु ८७ करोड क्यासिनोबाट उठाउनुपर्ने सरकारको रोयल्टी उडाएको समेत मन्त्री आलेले दाबी गर्नुभयो ।

कार्यक्रमका सभापति तथा खप्तड पर्यटन विकास समिति अध्यक्ष हर्कबहादुर सिंहले खप्तडको विकासका लागि आफूहरू सबै निकायसँग सहकार्य गरी अगाडि बढ्न तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “खप्तड क्षेत्रको विकासका लागि हामी सबै निकायसँग सहकार्य र समन्वयका लागि तयार छौँ, खप्तडको मात्रै विकास गर्न सके सुदूरपश्चिम विकासका दृष्टिले कायापलट हुने छ ।” अध्यक्ष सिंहले खप्तडमा आउने पर्यटकले कम्तीमा पनि त्यहाँ दुई तीन दिन बास बस्न सके खप्तडको वास्तविक उपहार चिन्न सकिने बताउनुभयो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।