महिलालाई धर्तीमै आउन नदिने काम हुनु दु:खद : मुख्यमन्त्री राई

विराटनगर, २४ फागुन । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले महिलालाई धर्तीमै आउन नदिने काम हुनु दुखत भएको बताउनु भएको छ । गर्भावस्थामै पुरुष छ की महिला भनेर भ्रुण हत्या गर्ने काम अहिले पनि भईरहेको उहाँले बताउनुभयो ।

११२ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राईले सो कुरा बताउनु भएको हो । मुख्यमन्त्री राईले भन्नुभयो,‘ महिलाले जन्मेपछि दुःख पाउने हैन, जन्मनै नदिने काम भईरहेको छ ।’ उहाँले सम्पतिको अधिकारबाट महिलाहरु अझैपनि बञ्चितिकरणमा परेको बताउनुभयो । महिलाहरुलाई पुरुष सरह बराबरीको अवस्थामा पु¥याउनु आवस्यक भएकोमा उहाँको जोड छ । उहाँले भन्नुभयो,‘ ऐन कानुन परिवर्तन गरेर र प्रथा प्रचलन हटाएर महिलाहरुलाई पुरुष सरह बनाउनु पर्छ ।’

स्वास्थ्यमन्त्री जयराम यादवले महिलाहरुले आफ्नो अधिकार मागेर प्राप्त गर्न नसके खोसेर भएपनि लिनुपर्ने बताउनुभयो । उपसभामुख सरस्वती पोखरेलले संविधान, कानुन महिला मैत्री भएको बताउनुभयो । संविधान, कानुन महिला मैत्री हुँदापनि समाज महिला मैत्री हुन नसकेको उहाँले बताउनुभयो । समाजको व्यवहार महिलामैत्री नहुँदा महिला हिंसाका घटनामा कमी आउन नसकेको उहाँले बताउनुभयो ।

सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्वाहाम्फेले राज्यको प्रत्येक संरचनामा महिलाको ५० प्रतिशत प्रतिनिधित्व हुनुपर्नेमा जोड दिनुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले महिलामाथि हुने विभेद अन्त्यका लागि महिला मैत्री समाज निर्माणका लागि लाग्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनाली, उपसचिव कृष्णप्रसाद पोखरेल, नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष लिलावल्लभ घिमिरेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसअघि विराटनगर देवकोटा चौकबाट प्रभातफेरी निकालिएको थियो । प्रहरी ब्याण्डवाजा र साँस्कृतिक झाँकी सहित ¥याली निकालिएको थियो । ¥याली जलजला मोडहुँदै बजार परिक्रमा गरि आदर्श विद्यालयमा आयोजना गरिएको मञ्चको कार्यक्रममा सहभागि भएको थियो ।

यसैवीच आदर्श विद्यालयमै आयोजना गरिएको खुल्ला रक्तदानमा १७ पिन्ट रगत संकलन भएको सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले बताउनुभयो । उहाँका अनुसार रक्तदान कार्यक्रममा १२ महिला सहित १७ जनाले रक्तदान गरेका थिए ।

अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा विराटनगर स्थित मानवसेवा आश्रममा आश्रितहरुलाई फलफूल वितरण गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।