मोरङमा सवारी दुर्घटना, १ जनाको मृ त्यु
मोरङ,फाल्गुन २५ । मोरङको बिराटनगर महानगरपालिका-४ स्थित कोशी लोकमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृ त्यु भएको छ ।
मृ त्यु हुनेमा बिराटनगर-३ का ७५ बर्षीय ईश्वरी पोखरेल रहेका छन् । हिजो बिहान साढे ५ बजे दक्षिणबाट उत्तरतर्फ जादै गरेको प्रदेश १-०२-००२च ५०५७ नम्बरको पिकअपले बाटोमा हिडीरहेका पोखरेललाई ठक्कर दिदा घाईते भएका पोखरेलको आर्या अस्पताल कंचनबारीमा उपचारको क्रममा मृ त्यु भएको थियो ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


