संखुवासभा बस दुर्घटना अपडेटः १५ जनाको मृ’त्यु, चार जनाको धरानमा उपचार हुँदै

काठमाडौं, २६ फागुन । संखुवासभाको मादी नगरपालिका–६ सातघुम्तीस्थित सडकमा बिहीबार विहान भएको बस दु’र्घटनामा परी मृ’त्यु हुनेको संख्या १५ पुगेको छ । दुर्घटनामा चालक सहित १५ जनाको मृ’त्यु भएको प्रहरीले जनाएको हो ।

मादीबाट झापातर्फ जाँदै गरेको बा.४ ख ७३५ नम्बरको बस बिहीबार विहान सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको थियो । दुर्घटनामा ४ जना घाइते भएका छन् ।

दुर्घटनामा मृ’त्यु हुनेहरुमा मादी नगरपालिका–६ बस्ने ३० वर्षीया सिता बिक, ३२ वर्षीया अञ्जना कटुवाल, ५ वर्षीया दिक्षा कटवाल, सोही नगरपालिका–५ बस्ने बसका सहचालक उमेश भट्टराई, ४९ वर्षीय भवानी प्रसाद दाहाल, ४८ वर्षीय दिपक कुमार दाहाल, ५५ वर्षीय श्याम शेर्पा, सोही नगरपालिका–२ बस्ने ४२ वर्षीय ईन्द्र अधिकारी छन् ।

मादी नगरपालिका–४ बस्ने ६० वर्षीय बल बहादुर कार्की, २८ वर्षीया सबिता कार्की, आईत बहादुर तामाङ, बसका चालक तेह्रथुम फाक्चामारा बस्ने ३१ वर्षीय विपिन निरौला, ताप्लेजुङ घर भएका ३१ वर्षीया समिक्षा योञ्जन र ताप्लेजुङकै ८ वर्षीय सुदिप घिसिङको पनि घटनास्थलमै मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

मादी नगरपालिका– ५ बस्ने २७ वर्षीया युका पोखरेलको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर हुँदै घोपा धरानमा उपचारको क्रममा मृ’त्यु भएको हो ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय संखुवासभा र ईलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी दुर्घटनास्थमा पुगेको थियो । प्रहरीले घाइते भएका ५ जनालाई उद्धार गरी उपचारको लागि नेपाली सेनाको हेलिकप्टरद्वारा धरान घोपा पठाएको थियो । उपचारका क्रममा एक जनाको मृ’त्यु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।