साकेलामा सहिद स्तम्भ पार्क निर्माण

खोटाङ, २७ फागुन । खोटाङको साकेला गाउँपालिकाले सहिद स्तम्भ पार्क (उद्यान) निर्माण गरेको छ । १० वर्षे सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका ७३ जनाको सम्मान र सम्झनामा साकेला गाउँपालिका-३ खिदिमास्थित तावाभञ्ज्याङमा सहिद स्तम्भ पार्क निर्माण गरिएको हो ।

प्रदेश सरकारको क्रमागत योजना अन्तर्गत चालु आर्थिक वर्ष विनियोजित १५ लाखको खर्चमा गाउँपालिकाले सहिद स्तम्भ, पार्क र प्रवेशद्धार निर्माण गरेको छ । सशस्त्र द्वन्द्वका समयमा तत्कालीन नेकपा माओवादीका नेता तथा कार्यकर्ताले सेल्टरका रुपमा प्रयोग गरेको तावाभञ्ज्याङमा सहिद पार्क निर्माण गरिएको साकेला गाउँपालिका अध्यक्ष अर्जुन खड्का झंकारले बताए । पार्कमा खोटाङका जनयु’द्धका प्रथम सहिद ठूलकुमार श्रेष्ठदेखि कर्मचारी आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएका सहिद मनोज जोशीको नाम उल्लेख गरिएको छ ।

माओवादीको सुरक्षित सेल्टर मानिएको तावाभञ्ज्याङ नजिकै पाँचधारेमा ८ असार २०६२ मा सु’रक्षाकर्मीसँग दोहोरो भि’डन्त भएको थियो । सो भिडन्तमा माओवादीका कम्पनी कमाण्डर सर्वधान राई ‘अग्नि’सहित १० जना र नेपाली सेनाका १३ जना जवानले ज्यान गुमाएका थिए । देश र जनताका लागि आफ्नो ज्यान बलिदान दिने सहिदको सम्मान एवं पर्यटकीयस्थल तावाभञ्ज्याङको प्रवर्द्धनका लागि सहिद स्तम्भ पार्क निर्माण गरिएको गाउँपालिका अध्यक्ष खड्काले बताए ।

सहिद पार्क निर्माणस्थलको दायाँबायाँ करीब १० रोपनी जग्गामा गत वर्ष गाउँपालिकाको लगानीमा चियाका आठ हजारबिरुवा रोपिएको गाउँपालिकाले जनाएको छ । तावाभञ्ज्याङमा कृत्रिम ताल निर्माणका लागि गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार पारिसकेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।