विद्यार्थी मृ’त्यु प्रकरण : प्रहरीले उजुरी नलिएको भन्दै पीडित पक्ष आन्दोलित

लमजुङ,२७ फागुन । लमजुङको मर्स्याङदी नदीमा पौडी खेल्ने क्रममा विद्यार्थीको मृ’त्यु भएको घटनामा लमजुङ प्रहरीले किटानी जाहेरी लिन अस्वीकार गरेको भन्दै पीडित परिवारले पुन: सडक अवरुद्ध गरेका छन् । बाइसजाँगरका स्थानीयले बन्द गराएपछि डुम्रे–बेंसीसहर सडक खण्ड बिहीबार साँझबाट अवरुद्ध भएको छ । प्रशासनमा बुधबार भएको वार्तामा पीडित पक्षले दिएको उजुरी प्रहरीले लिने र मुद्दा चलाउने सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएर मृ’तकको शव बुझेको पीडित परिवारले बताएको छ ।

तर, उजुरी नै नलिएपछि पुनः आन्दोलन गर्नु परेको पीडित परिवारले बताएका छन् । तनहुँको भानु नगरपालिका ९, बाइसजाँगरका पीडित परिवारले लमजुङको सुन्दरबजार नगरपालिका ९, सिउँडीबारस्थित फ्युचर स्टार आवासीय माविका संचालक बाबुराम पौडेल, वार्डेन सरोज ओलिया र एक विद्यार्थीविरुद्ध बिहीबार जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिन पुगेका थिए ।

प्रहरीले उक्त घटनामा भवितव्य दुर्घटना मुद्दा आकर्षित हुने भन्दै कर्तव्य ज्यान मुद्दाको जाहेरी लिन नमानेको हो । डीएसपी कृष्णबहादुर कार्कीले घटनाको अवस्था हेर्दा भवितव्य दुर्घटनाको मु’द्दा आकर्षित हुने देखिए पनि पीडित परिवारले कर्तव्य ज्यानको किटानी जाहेरी दिएको र अनुसन्धान हुन्छ भन्दा पनि प्रहरीलाई अविश्वास गरेको बताए । उनका अनुसार स्कुलका संचालक बाबुराम पौडेल, वार्डेन सरोज ओलिया र एक विद्यार्थी प्रहरीको निगरानीमा छन् ।

पीडित परिवारका गणेश श्रेष्ठका अनुसार बुधबार लमजुङ प्रशासनमा भएको छलफलमा पीडितले उजुरी दिने र प्रहरीले मुद्दा चलाउने सहमति भएको थियो । फ्युचर स्टारमा कक्षा १० मा अध्ययनरत १८ वर्षीय सनिज श्रेष्ठको पौडी खेल्ने क्रममा मंगलबार नदीले बगाउँदा मृ’त्यु भएको थियो ।

होस्टेलमा बस्दै आएका सनिजलाई बोलाएर होस्टेल वार्डेनले पौडी खेल्न लगेको, पौडी खेल्नेक्रममा सनिजलाई अगाडि सारको र होस्टेलमा बसेका छोरालाई मर्स्याङदीमा पौडी खेल्न जान स्कुल संचालकले स्वीकृति दिएको भन्दै पीडितले परिवारले उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दाको जाहेरी दिएका हुन् । स्थानीयले प्रदर्शन चर्काउने सूचाना पाएपछि अप्रिय घटना हुन नदिने भन्दै जिल्ला प्रशासन कार्यालय लमजुङले बुधबार बिहान ६ देखि राति ९ बजेसम्म स्कुल भएको सिउँडीबार क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।

विद्यालयको लापरबाहीका कारण विद्यार्थीको मृ’त्यु भएको भन्दै बाइसजाँगरका स्थानीयले मंगलबार विद्यालयको गेट, २ वटा स्कुल बस र एउटा भ्यानको सिसा तो’डफोड गरेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन अ’श्रुग्यास, ह’वाइफायर र ला’ठीचार्ज गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।