हलेसी तुवाचुङमा ला’गूऔ’षध विरुद्ध सडक नाटक प्रदर्शन

खोटाङ, २७ फागुन । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा ला’गूऔ’षधविरुद्ध जनचेतनामुलक सडक नाटक प्रदर्शन भएकाे छ । ला’गूऔ’षधको प्रयोगले व्यक्ति, परिवार तथा समाजमा पर्ने नकरात्मक असरका विषयमा सचेतना फैलाउनका लागि नगरपालिकाका विभिन्न ठाउँमा सडक नाटक प्रदर्शन सुरु गरिएको हो ।

हलेसी तुवाचुङ नगरपालिकाकोे आर्थिक सहयोगमा ग्लोबल कनेक्सन मिडिया प्रालिले निर्माण गरेको सडक नाटक विद्यालयलाई लक्ष्यित गर्दै प्रदर्शन सुरु गरिएको हो ।

सचेतनामुलक सडक नाटक २६ फागुनमा सरस्वती मावि अर्खौले र दुर्छिम माविमा प्रदर्शन गरिएको छ । २७ फागुनमा च्यास्मिटार मावि च्यास्मिटार र महेन्द्रद्धोय मावि हलेसीमा प्रदर्शन गरिने जनाइएको छ । सडक नाटकमा घरको अभिभावक कुलतमा लाग्दा बालबालिकामा पर्ने मनोबैज्ञानिक असर, ला’गूऔ’षधको प्रयोगले युवापुस्तामा पर्ने सामाजिक असर सम्वन्धीका विषयवस्तु समेटिएको छ ।

पुर्खाजित राईको परिकल्पना तथा निर्देशनमा तयार भएको सडक नाटकमा ज्योती राई, जेबि डिसि, बृहसमान सुनुवार, योगिन राई, उदिम चाम्लिङ, रोजिना खनाल र तुलसा राईको अभिनय रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।