ताप्लेजुङ आ’गला’गी अपटेड : एक जनाको मृ’त्यु

ताप्लेजुङ, २७ फागुन । ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चे बजारमा आ’गला’गीमा परी घाइते हुनुभएकी मैवाखोला गाउँपालिका घर भई शिव मादेनको घरमा डेरा गरी बस्नेत ६७ वर्षीय वृद्धा चुलीमाया लिम्बूको उपचारका क्रममा मृ’त्यु भएको छ ।

जिल्ला अस्पताल ताप्लेजुङमा निधन भएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार आ’गला’गीबाट शिव मादेनको घर पूर्णरूपमा ज’लेको छ भने रवीन्द्र लिम्बूको घरमा आंशिक क्ष’ति पुगेको छ । स्थानीयवासी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको सहयोगमा आ’गो नियन्त्रणमा आएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो । कोप्चे बजारमा बिहान ८ बजे अचानक आ’गला’गी सुरु भएको थियो ।(रासस)

दमकमा चैतदेखि फोहरबाट ग्याँस उत्पादन गरिने
दमक, २५ फागुन (रासस) :दमकमा आगामी चैतदेखि फोहरबाट ग्याँस र प्राङ्गरिक मल उत्पादन सुरु हुने भएको छ । फोहर व्यवस्थापनको जिम्मा पाएको नेक्स्ट इरा इनर्जी प्रालिले फोहरबाट एकैसाथ ग्याँस र प्राङ्गरिक मल उत्पादन सुरु गर्न लागेको कम्पन्नीका प्रबन्ध निर्देशक विमल खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार फोहरबाट अब घरका भान्सामा प्रगोग हुने ग्याँसदेखि खेतबारी र गमलामा प्रयोग हुने प्राङ्गरिक मलसमेत उत्पादन हुने भएको छ । कुहिने फोहर प्रशोधन गरेर ऊर्जा उत्पादन गर्न संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । फोहरबाट ऊर्जाअन्तर्गत ग्याँस, प्राङ्गरिक मल र झोल मल उत्पादन गरिने भएको दमक नगरपालिका सरसफाइ शाखाका प्रमुख दोर्ण थापाले बताउनुभयो । यसका लागि दमक–३ स्थित हंसेदुम्से सामुदायिक वन क्षेत्रभित्र प्रशोधन केन्द्र स्थापना गरिएको छ ।

नगरको फोहर लगेर अजैविक अर्थात् प्लाष्टिकयुक्त र जैविक तथा कुहिने वर्गको फोहर छुट्याइन्छ । यसरी छुट्याइएको फोहरमध्ये जैविक फोहरलाई ठूलो ट्याङ्कीमा हालेर १५ दिनसम्म कुहिन्छ । यसरी कुहिएको फोहरबाट मिथेन बायोग्याँस उत्पादन हुने र उत्पादन भएको ग्याँसलाई प्रशोधन गरी ग्याँस पाइप अर्थात् सिलिण्डरमार्फत वितरण गरिने छ । बाँकी कुुहिएको फोहरबाट प्राङ्गरिक मल उत्पादन गरिन्छ भने यहाँ जमेको तरल पदार्थबाट झोल प्राङ्गरिक मल उत्पादन गरिने कम्पन्नीका प्रबन्धक निर्देशक खतिवडाले बताउनुभयो ।

उहाँका अनुसार प्रशोधनका लागि २२ मिटर चौडाइ र आठ दशमलव पाँच मिटर उचाइ भएको विशाल पक्की ट्याङ्की निर्माण भइरहेको छ । यहाँबाट दैनिक एक हजार ८४ किलोग्राम वायोग्याँस उत्पादन गर्न सकिन्छ । यस्तै दैनिक १० हजार किलोग्राम प्राङ्गरिक मल तथा करिब सात हजार ५०० लिटर झोल मल उत्पादन गर्न सकिने दमक नपाका फोहर व्यवस्थापन शाखाका प्रमुख थापाले जानकारी दिनुभयो । संरचना निर्माणमा कूल रु २० करोड ५८ लाख ९७ हजार लागत रहेको छ । यसमा लागत सहभागिता रु १४ करोड ७० लाख बढी नेक्स्ट इरा इनर्जी प्रालि÷रोहन टे«र्डस प्रालि जेभीको र बाँकी रु पाँच करोड आठ लाख बढी वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रहेको जनाइएको छ । जेभीले विसं २०७७ माघ १० गते सम्झौता गरेको थियो ।

दमक क्षेत्रमा दैनिकजसो २० टन फोहर उत्पादन हुने गरेको छ भने १५ टन फोहर सङ्कलन हुँदै आएको छ । जसमध्ये दमक क्षेत्रमा ६६ दशमलव ५२ प्रतिशत जैविक फोहर रहने गरेको छ । कागज तथा कागजजन्य छ दशमलव ५५ प्रतिशत, प्लाष्टिक तथा प्लाष्टिकजन्य पाँच दशमलव ३७ प्रतिशत फोहर निस्किने गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।