प्रदेश सरकारद्धारा टेलिमेडिसिन सेवा शुरु गर्ने तयारी

विराटनगर, १ चैत । प्रदेश १ सरकारले दुर चिकित्सा सेवा ( टेलिमेडिसिन) तथा अनलाईन सेवा शुरु गर्ने तयारी गरेको छ । चालु आर्थिक वर्षबाटै सेवा शुरु गर्ने सरकारको योजना रहेको छ ।

प्रदेश १ स्वास्थ्य मन्त्रालयले आज विराटनगरमा दुर चिकित्सा सेवाको नीति वैठकको आयोजना गरि सो जानकारी दिएको हो । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्वोले दुर्गम क्षेत्रका लक्षित वर्गलाई सेवा उपलव्ध गराउन दुर चिकित्सा सेवा प्रभावकारी हुने बताउनुभयो । उहाँले चालु आर्थिक वर्षभित्रै सेवा सञ्चालन गरी १४ वटै जिल्ला अस्पतालहरुलाई जोड्न सुझाव दिनुभयो ।

स्वास्थ्यमन्त्री जयराम यादवले स्वास्थ्य सेवालाई सवल बनाएमा संघीयताको सफल कार्यान्वयन एवं स्थायित्व कायम हुने बताउनुभयो । स्वास्थ्य सेवाको अनुभुति प्रदेशवासीले गर्नेगरि सरकारले काम अघि बढाएको उहाँले बताउनुभयो । उहाँले टेलिमेडिसिन सेवा चाँडै शुरु गर्ने गरि मन्त्रालयले काम गरिरहेको बताउनुभयो । मन्त्री यादवले भन्नुभयो,‘ यो सेवाले दुर्गम क्षेत्रका बासीन्दालाई विशेषज्ञबाट सेवा लिन सहज हुनेछ ।’

बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहाल, स्वास्थ्य मन्त्रालयका सचिव डा.अनुज भट्टचन, स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. मिङमार ग्याल्जेन शेर्पा , प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख ज्ञानन्द्रवहादुर वस्नेत लगायतले दुर चिकित्सा सञ्चालनबाट प्रदेशको स्वास्थ्य क्षेत्रले गति लिने बताउनु भयो ।

दुर चिकित्सा सेवा सञ्चालनका लागि संघीय सरकारले चालु आर्थिक वर्षका लागि ५० लाख बजेट पठाएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख वस्नेत जानकारी दिनुभयो । उहाँले प्रादेशिक अस्पतालबाट सेवा शुरु गर्नेगरि छलफल अघि बढेको बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।