तुवाचुङ नगरपालिकामा चौँथो शहरी स्वास्थ्य केन्द्र

खोटाङ,५ चैत । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको झाप्पामा शहरी स्वास्थ्य केन्द्र स्थापना भएको छ । भौगोलिक कठिनाइले स्वास्थ्य संस्थाबाट टाढा रहेका, स्वास्थ्य संस्था पुग्न दुई–तीन घण्टा हिँड्नु पर्ने, स्वास्थ्य सेवाबाट बञ्चित रहेका नागरिकलाई लक्षित गर्दै नगरपालिकाले झाप्पामा शहरी स्वास्थ्य केन्द्र विस्तार गरेको हो ।

स्वास्थ्यचौकी सरहको स्वास्थ्य सेवा दिनेगरी औषधिसहित एक जना अहेब र एक जना अनमीको व्यवस्था गरेर केन्द्र स्थापना गरेको नगर स्वास्थ्य शाखा सह–संयोजक प्रकाश घिमिरेले बताए ।

शहरी स्वास्थ्य केन्द्र हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र उपमेयर बिमला राईले शुक्रबार उद्घाटन गरेका हुन् । ११ वडा रहेको नगरपालिकामा स्थापना गरिएको यो चौँथो शहरी स्वास्थ्य केन्द्र हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।