बिरामीलाई औषधिमा दश प्रतिशत छुट दिइने

मार्तडी, १७ चैत । सदरमुकाममा रहेको जिल्ला अस्पताल बाजुराले सञ्चालन गरेको फार्मेसीबाट औषधि किनेर लैजाने बिरामीलाई प्रत्येक औषधिमा पर्ने मूल्यको दश प्रतिशत छुट दिइने भएको छ । अस्पतालले आजदेखि लागू हुने गरी अस्पतालमा उपचाररत र उपचार गर्न आएका बिरामीलाई औषधिमा दश प्रतिशत छुट दिने निर्णय गरेको अस्पताल व्यवस्थापन समितिका नव नियुक्त अध्यक्ष मानबहादुर कार्कीले जानकारी दिनुभयो । अस्पतालमा हाल ७० प्रकारका औषधि निःशुल्क पाइने र त्यसबाहेका औषधि किन्दा १० प्रतिशत छुट गर्ने निर्णय गरिएको अध्यक्ष कार्कीले बताउनुभयो ।

अस्पताललाई जनमुखी बनाउने गरी काम गर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कार्कीको भनाइ छ । सम्मेलनमा ५० शय्याको अस्पताल निर्माणाधीन रहेको र तत्काल सम्पन्न गरी निर्माण भएको नयाँ भवनबाट सेवा प्रदान गर्ने कार्कीले बताउनुभयो । अस्पतालमा नर्सिङ कक्षा सञ्चालनका लागि प्रदेश सरकारसँग अनुमतिका लागि पहल गर्ने अध्यक्ष कार्की बताउनुहुन्छ । अस्पतालमा आएका बिरामीलाई १० प्रतिशत छुट दिँदा नागरिक धेरै राहत पाउने अस्पतालका प्रमुख डा प्रकाशराज जोशीले बताउनुभयो । अस्पतालको फार्मेसीमा ७५० प्रकारका औषधि रहेको डा जोशीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस..गलेश्वर,हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङमा कोभिड सङ्क्रमणको अवस्था सामान्य बन्दै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ । स्थलमार्ग र हवाईमार्गबाट गरी दैनिक करिब तीन हजार पर्यटक मुस्ताङ भित्रिन थालेपछि व्यवसायी उत्साहित बनेका छन् । साथै मुस्ताङको रौनक पनि फेरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्रका रूपमा रहेको मुस्ताङमा दैनिक १५ हवाई उडान हुन थालेका जोमसोम विमानस्थलले जनाएको छ । त्यसैगरी म्याग्दी सदरमुकाम बेनीदेखि यातायातका साधनमार्फत मुस्ताङ जानेका कारण बेनी–जोमसोम सडकमा सवारी साधनको बाक्लो लाइन देखिन्छ ।

विगत दुई वर्षयता कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण सुनसान बनेको मुस्ताङमा अहिले पर्यटकको उपस्थिति हवाई र स्थलमार्ग दुवैबाट बाक्लो बनेको पर्यटन व्यवसायीले बताएका छन् । विगतका वर्षमा यो बेलामा कोभिडको जोखिमका कारण पर्यटक जान नपाएको भए पनि यस वर्ष घुम्ने मौसम सुरु भएको छ भने कोभिडको जोखिम कम हुँदै गएको छ ।चैतेदसैँ नजिकिएसँगै मुस्ताङको कागबेनीमा आफ्ना पितृलाई तर्पण र पिण्डदान गर्नेको समेत मुस्ताङमा बाक्लो उपस्थिति देखिन्छ । केही दिन मुस्ताङ घुम्ने र तिथिमा पिण्डदान गरेर फर्कने मनसायले २२ जनाको टोली लिएर मुस्ताङ आउनुभएका नवलपुरको गैँडाकोट नगरपालिका–१२ हर्कपुरका देवलाल पौडेलले मुस्ताङ आफूले सोचेभन्दा धेरै सुन्दर रहेको र अहिले पर्यटकको चाप बढेका कारण होटल पाउनै मुस्किल परेको बताउनुभयो ।

मुस्ताङ घुम्नका लागि उपयुक्त मौसम सुरु भएकाले पनि आन्तरिक तथा बाह्य पर्यटकको यहाँ भीड बढ्न थालेको जोमसोमका तीर्थबहादुर शेरचनको भनाइ छ । त्यसैगरी उपल्लो मुस्ताङको लोमान्थाङमा लगाउने तिजी मेलाको रौनक पनि सुरु भएकाले देश विदेशमा रहेका मुस्ताङ्गी पनि जिल्ला फर्कन थालेका छन् ।मुस्ताङको जोमसोम विमानस्थलका प्रमुख पुस्कलराज शर्माले गत फागुन २२ गतेबाट मुस्ताङ–पोखरा उडान पुनः सञ्चालनमा आएपछि अहिले दैनिक १५ सम्म उडान भएको जानकारी दिनुभयो ।

एउटा उडानमा १८ जनाको क्षमता रहेकाले हवाई मार्गबाट मात्रै दैनिक साढे दुई सयभन्दा बढी पर्यटक मुस्ताङ प्रवेश गरिरहेको उँहाको भनाइ छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार स्थलमार्गबाट मुस्ताङ छिर्नेको पनि उस्तै भीड छ । केही दिनयता दैनिक दुई हजार बढी पर्यटक बस, जिप र मोटरसाइकलमा मुस्ताङ आइरहेको उँहाले जानकारी दिनुभयो ।कोभिडका कारण पर्यटक नआएपछि लामो समयसम्म सुनसान बनेको मुस्ताङको पर्यटन र होटेल व्यवसाय अहिले पुरानै लयमा फर्किन थालेको कागबेनीका होटल व्यवसायी छेप्तेन गुरुङले बताउनुभयो ।

पाहुनाको आगमन बढेसँगै होटेलमा बास बस्न नपाउन सक्ने भएकाले मुस्ताङ आउन लागेकाले पहिले नै बुकिङ गर्ने क्रम बढेको पनि उहाँको भनाइ छ । होटलमा भित्रिएका पर्यटकमध्ये धेरैको सङ्ख्यामा भारतीय र नेपाली रहेको जानकारी दिँदै गुरुङले अन्य मुलुकका पर्यटक पनि विस्तारै देखिन थालेको बताउनुभयो । पर्यटकको आगमन बढेपछि विगत दुई वर्षदेखि सुस्ताएको मुस्ताङको होटल व्यवसायले पुर्नजीवन पाएको व्यवासायीले बताएका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।