दश विद्यालयलाई शैक्षिक सामग्री

भोजपुर, १७ चैत । टेम्केमैयुङ गाउँपालिकाका १० विद्यालयलाई शैक्षिक सामग्रीसँगै कपडा वितरण गरिएको छ । पूर्वप्रहरी महानिरीक्षक दुर्जकुमार राईको पहलमा विद्यालयलाई शैक्षिक सामग्री दिइएको हो । यहाँका वडा नम्बर ३ अन्नपूर्ण र ४ नागीका विद्यार्थीलाई शैक्षिक सामग्री दिइएको हो । कक्षा १ मा पढ्ने विद्यार्थीलाई भने कपडासमेत वितरण गरिएको हो । सामुदायिक विद्यालयका बाल कक्षादेखि कक्षा १२ सम्मका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै कक्षा १ का ७० विद्यार्थीलाई कोटसँगै, कपी, कलमलगायत शैक्षिक सामग्री दिइएको हो । त्यस्तै अन्नपूर्ण बागधन रणदीपा राई माध्यमिक विद्यालयमा छ थान कम्प्युटर वितरण गरिएको छ । यस विद्यालयका भूपू विद्यार्थी तथा पूर्वप्रहरी महानिरीक्षक राईको पहलमा रोटरी क्लब अफ काठमाडौँ वेस्ट तथा कृष्णलक्ष्मी लक्ष्मी श्रेष्ठ प्रतिष्ठान काठमाडौँको सहयोगमा सामग्री वितरण गरिएको रोटरी क्लब काठमाण्डौ वेस्टका अध्यक्ष शारदाभक्त रञ्जीतले बताउनुभयो ।

आफू जन्मेको ठाउँमा केही गरौँ भन्ने उद्देश्यले यहाँका विद्यार्थीलाई शैक्षिक सामग्रीसँगै कक्षा १ मा पढ्ने बालबालिकालाई कपडा वितरण गरेको राईले बताउनुभयो । उहाँले भन्नुभयो, “यो विद्यालय नभएको भए म यति बेला पनि भैँसी गोठालो हुन्थे होला, यही विद्यालयमा अध्ययन गरेर म यो ठाउँमा पुगेको छु, यहाँका विद्यालयको शैक्षिक सुधारमा मैले सकेको सहयोग गरिरहेको छु, आगामी दिनमा पनि यस्तो सहयोग रहन्छ ।”

शैक्षिक विकासका लागि गाउँपालिकाले नीति तथा कार्यक्रम तयार गरेर काम गरिरहेको गाउँपालिका अध्यक्ष ध्रुवराज राईले बताउनुभयो । अध्यक्ष राईले भन्नुभयो, “हामीले यहाँको शैक्षिक विकासका लागि प्राथमिकताका साथ काम गरिरहेका छौँ, यहाँबाट उत्पादन भएका विद्यार्थीले देशका अन्य विद्यालयका विद्यार्थीसँग प्रतिस्पर्धा गर्नसक्ने वातावरण दिने लक्ष्यका साथ काम भइरहेको छ, जसको लागि कम्प्युटर कक्षा, पुस्तकालय स्थापना, भौतिक विकासलगायतमा तीव्रताका साथ काम गरिरहेका छौँ ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।