धनकुटाका १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने
धनकुटा,२० चैत । धनकुटामा १५ महिनादेखि १५ वर्षमुनिको उमेर समूहका करिब ४२ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ ।
धनकुटामा आज स्वाथ्य कार्यलय धनकुटाले आयोजना गरेको टाइफाइड रोग विरुद्धको खोप अभियान तथा नियमित खोप टाइफाईड खोपको सुरुवात सम्बन्धी समन्वय समिती संचारकर्मि तथा सरोकारवलाहरु संगको अन्र्तकृया तथा छलफल कार्यक्रमा उक्त जानकारी गराईएको हो ।
स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख प्रमोदप्रसाद दाहालले चैत २५ गते बाट चैत २९ गते सम्म खोप अभियान सञ्चालन हुने जानकारी दिनु भयो ।
ज्यानै जोखिममा पर्नसक्ने सङ्क्रामक रोग टाइफाईड भएको र यो रोग सबै उमेर समुहका व्यातिm लाई लाग्ने भए पनि १५ बर्ष मुनिका बालबालिका यसको जोखिमामा हुने भएकोले १५ बर्ष मुनिका बालबालिकाहरुमा खोप लगाउन आवश्यक भएको डा. अंकित शर्माले बताउनु भयो ।
उहाँले भन्नु भयो संक्रमित व्यातिmको शिसाको माध्यमबाट टाइफाईट रोग लगाउने जीवाणू बाहिरी बतावरणमा पुग्दछ र स्वाथ्य व्यातिmमा दुषित खाना तथा पानीको माध्यम बाट अन्य व्यातिmमा सर्दछ त्यसैले सबै सचेत रहनु आवश्यक रहेको छ ।
कार्यक्रममा बोल्दै धनकुटाका प्रमुख जिल्ला अधिकारी यूवराज कटेलले खोप कार्यक्रम बाट कुनै पनि वालबालिका छुट्न नहुने भन्दै त्यसको लागि आवश्यक व्यावस्थापन पक्ष लाई समेत समेट्न जोड दिनु पर्ने बताउनु भयो ।
त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितीका संयोजक टंक चौहानले अभियानकै रुपमा संचालन गरेका कतिपय स्वाथ्य कार्यक्रमहरु सफल हुन नसकि रहेका वेला यो अभियान पनि एकल प्रयासले मात्र सफल नहुने भएकोले सबै पक्षको साथ र सहयोग आवश्यक हुने बताउनु भयो ।
कार्यक्रमा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख मोहन राई, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर थापा लगायत जिल्ला अस्पताल, स्वाथ्य कार्यलय स्वाथ्यका क्षेत्रमा काम गर्ने अन्य निकाय, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।


