मुलुकको विकास र समृद्धिका लागि उद्योगीव्यवसायीले नेतृत्व लिनुपर्छः अध्यक्ष ओली

काठमाडौँ, २३ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि उद्योगीव्यवसायीहरुले नेतृत्व लिनुपर्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले उद्योग व्यवसायको उन्नति र प्रगति विना मुलुक समृद्ध हुन सक्दैन भन्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले हामीले हाम्रो आवश्यकता लागि किन्ने सामान नेपालमा नै बनेको हुनुपर्ने बताउनुभयो । “हामीले कच्चापदार्थ होइन, रुपान्तरित र प्रशोधित गरेको सामान बजारमा पठाउनुपर्दछ”, उहाँले भन्नुभयो, “कच्चा होइन, प्रतिस्पर्धात्मक गर्ने खालको सस्तो र गुणस्तरीय सामान हामीले उत्पादन गर्नुपर्दछ ।”

अध्यक्ष ओलीले आफ्नो पार्टीले राष्ट्रिय आकांक्षा अनुरुप समृद्धि र विकास चाहेको उल्लेख गर्दै यसका लागि उद्यम र उद्योगीलाई सहयोग गर्ने पार्टीको नीति रहेको बताउनुभयो । उद्योगलाई आधुनिकीकरण गर्दा श्रमिकको पनि आधुनिकीकरण गर्नुपर्नेमा बताउँदै उहाँले धितो राखेर मात्र होइन, मानव मस्तिष्कले ऋण पाउनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष ओलीले उद्योग व्यवसायले समाज परिवर्तन गर्नुपर्ने भन्दै उद्योग स्थापना गरेर नाफा कमाउने मात्र होइन, मानवलाई सुखी बनाउने माध्यमका रुपमा हुनुपर्ने बताउनुभयो । उहाँले आफू २०७२ सालमा प्रधानमन्त्री भएपछि देशमा विकासको नयाँ लहर आएको दाबी पनि गर्नुभयो ।

यो पनि पढ्नुहोस..गलेश्वर, विगत दुई वर्षदेखि कोरोना महामारीका कारण सुस्ताएको पर्यटन र होटल व्यवसाय पुरानै लयमा फर्किन सुरु गरेको छ । वसन्त ऋतुको सुरुआतसँगै म्याग्दीका पर्यटकीय क्षेत्र आन्तरिक पर्यटकले खचाखच भरिन थालेका छन् भने मन्दिर, देवालय र शक्तिपीठमा भक्तजनको घुइँचो लाग्न थालेको छ ।दुई वर्षसम्म पर्यटक र तीर्थयात्रीविहीन बनेका यहाँका पर्यटकीय तथा धार्मिकस्थलमा फागुन दोस्रो सातायता दुई वर्षयताकै धेरै पर्यटक आएका पर्यटन व्यवसायीहरुले बताएका छन् । स्थलमार्गबाट मुस्ताङ जाने पर्यटकका लागि बेनी प्रवेशद्वारसमेत भएको हुनाले मुस्ताङ जाने र बागलुङ कालिका तथा पञ्चकोटमा आएका पर्यटक पनि म्याग्दीका पर्यटकीयस्थल हेर्न आउने क्रम बढेकाले म्याग्दीका आन्तरिक पर्यटक तथा धार्मिक पर्यटकको भीड बढेको हो ।

मुक्तिनाथ भ्रमण ढोरपाटन भ्रमण र बागलुङ कालिका मन्दिरको दर्शनका लागि आएका भक्तजन एक दिनको बसाइ लम्ब्याएर बेनीसम्म आई यहाँका पर्यटकीय र धार्मिकस्थलमा रमाउन थालेपछि विगतका वर्षभन्दा यस वर्षको फागुन र चैतमा आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य देखिएको हो ।नवलपुरको गैडाकोट–१२ हर्कपुरबाट पाँच दिनको भ्रमण समय छुट्याएर मुक्तिनाथ पुगेपछि म्याग्दीको तातोपानी, गलेश्वर धाम र बेनी बजार भ्रमण तथा दर्शनका लागि एक दिन छुट्याएर म्याग्दीमा बसेको मनोहर सुवेदीले बताउनुभयो ।

हर्कपुरबाट २१ जनाको टोलीसहित मुक्तिनाथ, म्याग्दी र बागलुङ भ्रमणमा आउनुभएकी लक्ष्मी पौडेल र चितवन भरपुरको क्षेत्रपुरबाट १८ जनाको टोलीसहित गलेश्वर दर्शनका लागि आउनुभएकी बिमला बरालले होटलमा बस्ने बाससमेत पाउन मुस्किल भएको बताउनुभयो । उहाँले सामाजिक सञ्जालमा देखेको मुक्तिनाथ र गलेश्वरको मन्दिर, रुप्से झरना, तातोपानी कुण्ड, बागलुङ भगवती मन्दिर, लामो पुल, पञ्चकोटलगायत स्थानले आफूलाई यस क्षेत्रको भ्रमणमा आउन प्रेरित गरेको बरालले बताउनुभयो । भरतुपर महानगरपालिका–२ क्षेत्रपुर चितवनको मितेरी आमा समूह, चितवनकै बीस हजारी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड र धादिङ जिल्लाको श्री विशाल आमा बचत तथा ऋण सहकारी संस्था लगायतका संस्था बस लिएरै म्याग्दी, बागलुङ र मुस्ताङको भ्रमणमा आएका छन् । यस्ता सामाजिक तथा सङ्घसंस्था दैनिक सयौँको सङ्ख्यामा म्याग्दीमा आउन थालेका छन् । अहिले गलेश्वर, तातोपानी र हरियाली कृषि परियोजना परिसरमा पर्यटक बोकेका सवारीसाधनको चाप थेगिनसक्नु छ ।

त्यसैगरी बागलुङको ऐतिहासिक चैत्राष्टमी मेलाको पूर्वसन्ध्यामा गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक गन्तव्य बागलुङ कालिका, पञ्चकोट, शालग्राम सङ्ग्रहालय र लामो झोलुङ्गे पुलमा आएका पर्यटक बेनी र बेनी नजिकका धार्मिक पर्यटकीयस्थलमा आएपछि यहाँका पर्यटकीय क्षेत्रमा पर्यटकको चाप बढेको होटल यतिकी सञ्चालिका बिमला गौचनले बताउनुभयो । चैते दसँै सुरु भएको र मुस्ताङको मुक्तिनाथ जाने भारतीय पर्यटकसमेत मुक्तिनाथपछिको दोस्रो गन्तव्य बेनीलाई मानेर यहाँ आउने गरेकाले रौनक बढेको उहाँले बताउनुभयो ।चैत दोस्रो सातादेखि म्याग्दीका अधिकांश ठूला होटल भरिभराउ भएको होटल व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष बाबुराम आचार्यले जानकारी दिनुभयो । पहिला नेपाली र भारतीय पर्यटकको रोजाइ बनेको मुक्तिनाथ मन्दिर सोझै गएर फर्कने चलन थियो, तर पछिल्ला वर्षमा मुक्तिनाथ पुगेका पर्यटक बेनी, बागलुङ कालिका र पञ्चकोटमा समेत पुग्ने गरेकाले यस क्षेत्रको पर्यटकीय विकासमा थप सहयोग पुगेको पर्यटन व्यवसायीहरुले बताएका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।