खोटाङमा राष्ट्रिय भूमि आयोगको कार्यालय स्थापना

खोटाङ, २३ चैत । खोटाङमा राष्ट्रिय भूमि आयोग जिल्ला समितिको कार्यालय स्थापना गरिएको छ । गत १७ चैतको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय भूमि आयोग जिल्ला समिति अध्यक्षमा सुरेश राईलाई नियुक्त गरेपछि बुधबार कार्यालय स्थापना गरिएको हो । जिल्ला समन्वय समितिको कार्यालयमा रहनेगरी राष्ट्रिय भूमि आयोग जिल्ला समितिको कार्यालय स्थापना गरिएकाे हाे।

कार्यालय स्थापनासँगै राष्ट्रिय भूमि आयोग जिल्ला समितिका नवनियुक्त अध्यक्ष राईले पदभार सम्हालेका छन् । राष्ट्रिय भूमि आयोग जिल्ला समिति नौ सदस्यीय रहने व्यवस्था छ । आयोगले करिब पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई पुर्जा उपलब्ध गराउने लक्ष्य राखेको छ ।

जिल्लाका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई आवासका लागि प्रतिपरिवार ३४० बर्गमिटर र कृषिका लागि तीन हजार वर्गमिटर जग्गा व्यवस्था गर्नुपर्ने प्रावधान रहेको राष्ट्रिय भूमी आयोग जिल्ला समितिका सदस्य सचिव जिल्ला नापी कार्यालयका नापी अधिकृत मदन खत्रीले बताए ।

अव्यवस्थित बसोबासीलाई आवासका लागि प्रतिपरिवार एक हजार बर्गमिटर र कृषि प्रयोजनका लागि १० हजार बर्गमिटर जग्गा उपलव्ध गराइने समितिले जनाएको छ । भूमीहिन कोही नहुन् भन्ने लक्ष्यकासाथ वार्षिक कार्ययोजना बनाएर भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या हल गरिने समितिका नवनियुक्त अध्यक्ष राईले बताए । कार्यक्रमलाई सफल बनाउन दल, स्थानीय तहका जनप्रतिनिधि लगायतलाई सहभागी गराएर अभिमुखीकरण कार्यक्रम सञ्चालनका लागि पहल गरिने अध्यक्ष राईले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।