निःशुल्क स्वास्थ्य शिविर संचालन

बिराटनगर, चैत्र २४ । १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा १ दिने निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । पुर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडको सहकार्य र १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा संचालन भएको स्वास्थ्य शिविरमा हाड जोर्नी, स्त्री रोग तथा नाक, कान, घाँटी सम्वन्धी समस्या भएका प्रहरी कार्मचारी तथा परिवारहरु लाभाम्वित भएका थिए । शिविरमा १ नम्वर प्रदेश प्रहरी कार्यालय तथा मातहत कार्यालय समेतका प्रहरी कर्मचारी तथा प्रहरी परिवारहरु समेत गरी १३५ जनाको स्वास्थ्य जाँच गरिएको थियो ।

स्वास्थ्य शिविर संचालनमा उपस्थित बिशेषज्ञ डाक्टहरुको टोलीलाई प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले स्वागत गर्दै २४ सै घण्टा ड्युटीमा खटिने प्रहरी कर्मचारीहरु स्वस्थ्य भएमा मात्र आम नागरीकोहरुको सुरक्षामा प्रभावकारी भुमिका रहने हुँदा यस्ता कार्यक्रमले मनोवल उच्च रहने बिश्वास ब्यक्त गर्नु भयो । साथै स्वास्थ्य शिविरमा उपस्थित बिशेषज्ञ चिकित्सकहरुलाई बिशेष धन्यवाद दिदै मायाको चिनो समेत प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा आफ्ना छोटो भनाई राख्नु हुँदै पुर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाईरेक्टर डा. बिरेन्द्र कुमार यादवले कुनै पनि रोगहरुलाई शुरुमै पहिचान गरी उपचार गर्न सकेमा धेरै जसो रोगहरुबाट बच्न सकिने हुँदा ब्यस्त समयका बाबजुद समय समयमा स्वास्थ्य संस्था सम्म पुगेर चेकजाँच गर्न असमर्थ प्रहरी कर्मचारीहरुलाई यस्ता कार्यक्रम बिशेष प्रभावकारी रहने हुँदा बिशेष गरेर प्रहरी कर्मचारीहरुलाई लक्षित गर्दै यस्ता कार्यक्रमहरु संचालन गर्दै आईरहेको बताउनु भयो ।

साथै वहाँले क्यान्सर सम्बन्धी रोग लागेका प्रहरी कर्मचारी तथा पुर्व प्रहरी कर्मचारीहरु समेतलाई सम्बन्धित कार्यालयको सिफारिसमा सर्व सुलभ तरिकाले उपचार गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।