वैज्ञानिक पुनलाई बेलायतको विश्वविद्यालयमा सम्मान

काठमाडौँ, २५ चैत । बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरले बिज एजुकेशनको आयोजनामा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा महावीर पुन मगरलाई सम्मान गरेको छ ।

डा पुनले नेपालको खोज, अनुसन्धान तथा प्रविधिको क्षेत्रमा पु¥याएको योगदान र उहाँको कर्मको प्रतिफलस्वरुप सम्मान गरिएको हो । सो अवसरमा डा पुनसँग अन्तक्र्रियासमेत गरिएको थियो । कार्यक्रममा डा पुनले आफ्नो काम भिडियोमार्फत प्रस्तुत गर्नुभएको थियो । पुनले जनस्तर र विदेशीको सहयोगबाट स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका २० भन्दा बढी क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम गरिरहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा नेपाल एजुकेशन काउन्सिल युकेका पदाधिकारी वसन्त नेपाल, लेखनाथ गैरे, गणेश खड्का, कृष्ण खनाललगायतको उपस्थिति थियो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।