धनकुटामा पनि सुरु भयो टाइफाइड रोग विरुद्धको खोप अभियान

धनकुटा,२५ चैत । धनकुटाका ४३ हजार १ सय ३५ जना बालबालिकालाई आज बाट टाइफाइड रोग विरुद्धको खोप अभियान सुरु गरिएको छ ।

खोप अभियान अन्तर्गत धनकुटाका १५ महिना देखि १५ बर्ष उमेर सम्मका ४३ हजार १ सय ३५ जना बालबालिकालाई खोप दिन लागिएको हो । यी मध्ये विद्यालय उमेरका ३४ हजार ५ सय ७५ जनालाई बिद्यालयमै र बाँकि ८ हजार ५ सय ६० जना बालबालिका लाई तोकिएका केन्द्रमा खोप लगाइने छ । जिल्लामा रहेका ४ सय ४ वटा खोप केन्द्रबाट खोप दिन लागिएको हो ।

उक्त खोप पूर्ण रुपमा सुरक्षित भएको तर कोभिडका भ्याक्सिन लगाएर १४ दिन नभएको, एलर्जी भएका,ज्वरो आएका,गर्भवती र एचआईभी भएकाहरुले खोप लगाउन नमिल्ने जानइएको छ । आज बाट सुरु भएको अभियान चैत २९ गते सम्म खोप अभियान सञ्चालन हुने जनाइएको छ । -तस्विर : यूकेन राईको फेसबुक बाट

समाजवादी यात्रा अगाडि बढाइँदै
काठमाडौँ, २५ चैत (रासस) ःनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही चैत २६ गते भृकुटीमण्डपमा जनसभा गर्ने भएको छ । मुलुकमा बहुदलीय व्यवस्था पुनःस्थापना भएको दिनको अवसरमा पार्टीले अहिलेसम्म गरेका कार्यका साथै सङ्गठन सुदृढीकरण तथा विस्तारका अभियानबारे उक्त सभामा जानकारी दिइने भएको छ ।

सभालाई सफल बनाउन जनवर्गीय सङ्गठनलाई तयारी तथा व्यवस्थापनको विशेष जिम्मेवारी दिइएको छ । उक्त सभालाई पार्टीका शीर्ष नेतृत्वले सम्बोधन गर्नुहुने कार्यक्रम छ ।
जनताका चाहनाअनुरुप समाजवादी यात्रालाई अगाडि बढाउन पार्टी स्थापनापछि देशभर भएका सङ्गठन निर्माण तथा विस्तारको अभियानमा जुटेको बताउँदै काठमाडौँ जिल्ला कमिटी अध्यक्ष कुशुुमकुमार कार्कीले केन्द्रीय अभियानअन्तर्गत काठमाडौँमा छोटो समयमै पार्टी निर्माणको कामलाई तीव्र ढङ्गले अगाडि बढाइएको जानकारी दिनुभयो ।

उहाँले स्थानीय तहको निर्वाचनमा काठमाडौँका सबै तहका साथै मोर्चामा सङ्गठन विस्तार तथा हरेक मोर्चाका नेता तथा कार्यकर्ता टोलटोलमा जनताको समस्या समाधानका लागि क्रियाशील रहने जानकारी दिनुभयो । जिल्लाअन्तर्गतका सबै सङ्घीय, प्रदेश, महानगर, नगर, गाउँ, वडा तथा प्रायः सबै टोलमा कमिटी निर्माण भइसकेका छन् । पार्टीअन्तर्गतका युवा, महिला, विद्यार्थी मजदुर, पेशागत सङ्गठनलगायत सबै जनसङ्गठनका वडा तहसम्म सङ्गठनलाई विस्तार गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖