खाली खुट्टा मेची-महाकाली पैदल यात्रामा राउत

खोटाङ, २५ चैत । खोटाङको खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीका खगेन्द्र राउत खाली खुट्टामा मेची–महाकाली पैदलयात्रा निस्किएका छन् । विश्व शान्तिको कामना गर्दै ४४ वर्षीय राउत २३ फागुनदेखि खाली खुट्टामा मेची महाकाली यात्रामा निस्किएका हुन् ।

लामो जटा पालेर गेरु वस्त्र पहिरिएका राउत नेपालको झण्डा हातमा बोकेर खाली खुट्टा यात्रामा निस्किएका हुन् । शुक्रबारसम्ममा खाली खुट्टा २२ जिल्लाको यात्रा पुरा भएको राउतले बताए ।

सिद्धबाबाको रूपमा चिनिने राउत खोटाङबाट उदयपुर, सुनसरी, मोरङ, झापा, सप्तरी, सिराहा, महोत्तरी, धनुषा, सर्लाही, पर्सा, रौतहट, मकवानपुर, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके हुँदै बर्दिया पुगेका छन् ।

सात वर्षदेखि अन्न नखाएका राउत जन्तेढुंगा गाउँपालिका–५ चिसापानीको सावाखोला किनारमा रहेको तीर्थस्थल भानुमतीमा ६ मंसिरदेखि ११ दिने ध्यानमा बसेका थिए । त्यसअघि उनी पाथीभरामा ४ दिन, हलेसीमा ३ दिन ३ रात र बराहपोखरीमा १८ घण्टा ध्यानमा बसेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।