हलेसी तुवाचुङ नगरपालिकाले २० आमा समूहलाई दियो एक लाखका दरले बीउ पुँजी

खोटाङ, २६ चैत । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले २० आमा समूहलाई बीउ पुँजी रकम प्रदान गरेको छ । नियमित रुपमा मासिक बचत गर्दै आएका आमा समूहलाई नगरपालिकाले बीउ पुँजी घुम्ती कोष कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा एक लाखका दरले रकम उपलव्ध गराएको हो । नगरपालिकाले गत वर्ष नियमित बचत गर्दैआएका १५ आमा समूहलाई बीउ पुँजी रकम प्रदान गरेको थियो ।

स्थापना कालदेखि हालसम्म जनही मासिक ५ रुपैयाँदेखि ५० रुपैयाँका दरले बचत गर्दै आपसमा ऋण लगानी गरिरहेका आमा समूहको प्रोत्साहनका लागि फिर्ता गर्न नपर्नेगरी बीउ पुँजी रकम थप गरिदिएको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले बताइन् ।

नियमित बचत गर्दै आएका आमा समूहलाई आम्दानीमुलक क्षेत्रमा लगानी गर्न लगाउने र आयआर्जनमा टेवा पुर्‍याउने लक्ष्यका साथ आर्थिक वर्ष २०७८/०७९ को बीउ पुँजी घुम्ती कोष कार्यक्रम अन्तर्गत बीउ पुँजी उपलव्ध गराइएको हो ।

११ वडा रहेको नगरपालिकामा हाल १ सय ५ वटा आमा समूह छन् । त्यसमध्ये हालसम्म नगरपालिकाबाट कुनै पनि सेवा तथा कार्यक्रम नपाएका, १५ जनाभन्दा बढी संख्याको महिला आवद्ध भएको र कम्तीमा ५ वर्षसम्म निरन्तर क्रियासिल रहेको समूहलाई छनाेट गरेर बीउ पुँजी रकम प्रदान गरेकाे हाे ।

नगरपालिकाले उपलव्ध गराएको एक लाख रकम पनि आमा समूहको कोषमा मिसाएर बैंक बराबरको व्याजदरमा समूहकै सदस्यलाई ऋण लगानी गर्ने व्यवस्था मिलाइएको छ । बीउ पुँजी लिएपछि बाख्रा, बंगुर, तरकारी खेती लगायतका व्यवसाय सञ्चालनका लागि समूहका विपन्न महिलालाई प्राथमिकतामा राखेर ऋण लगानी गर्नुपर्ने शर्त छ ।

समूहबाट ऋण लिने व्यक्तिले ९ महिनादेखि १२ महिनाभित्र व्यवसाय सञ्चालन गरेर ऋण र व्याज फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको उपमेयर राईले बताइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।