रामनवमीका अवसरमा आइतबार सार्वजनिक बिदा

काठमाडौं, २६ चैत । रामनवमीका अवसमा सरकारले भोलि आइतबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयद्वारा सनिवार जारी विज्ञप्तिअनुसार २७ चैत रामनवमीका अवसरमा आइतबार नेपाल अधिराज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा हुनेछ ।

रामनवमीका अवसरमा विदा दिने निर्णय २४ चैतमा बसेको मन्त्रीपरिषद्को बैठकले गरेको जरी विज्ञप्तिमा उल्लेख छ ।

संस्कृति संरक्षणका लागि आँधीखोला गाउँपालिकाद्वारा पञ्चेबाजा वितरण
स्याङ्जा, २६ चैत (रासस) : पछिल्लो समय लोप हुँदै गइरहेको परम्परागत पञ्चेबाजा संरक्षणका लागि आँधीखोला गाउँपालिकाले पञ्चेबाजा वितरण गरेको छ । विभिन्न शुभकार्यमा बजाइने बाजा लोप हुने अवस्थामा पुगेपछि परम्परासँगै संस्कृतिको संरक्षणका लागि शुक्रबार एक कार्यक्रमका बीच पञ्चेबाजा वितरण गरिएको गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष पौडेलले भन्नुभयो, “परम्परा र चालचलन हराउँदै गएमा हाम्रो संस्कृति मासिन्छ त्यसैले संस्कृतिको संरक्षणका लागि पञ्चेबाजा वितरण गरेका हाँै । संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नु हामी सबैको दायित्व हो ।”

विभिन्न शुभकार्यमा बजाइने पञ्चेबाजालाई लोप हुन नदिन चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटबाट रु आठ लाख लागतमा खरिद गरिएका बाजा विभिन्न वडामा रहेका पञ्चेबाजा समूहलाई हस्तान्तरण गरिएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत रोशन लामिछानेले बताउनुभयो ।

गाउँपालिकाबाट बाजा पाएपछि अरिङ्गाले बाजा समूह आँधीखोला–५ का अध्यक्ष ठाकुर परियारले खुसी हुँदै भन्नुभयो, “धेरै वर्ष पहिले किनेका पुराना बाजालाई मर्मत गरेर चलाउने गरेका थियौँ, नयाँ बाजा महँगो पर्ने भएकाले किन्न सक्ने अवस्था थिएन, गाउँपालिकाले समूहलाई बाजा वितरण गरेकोमा आज धेरै खुसी लागेको छ ।”

गाउँपालिकाले बाजा बजाएर परिवार पाल्नुका साथै परम्परा र संस्कृतिको समेत संरक्षण गर्दै आएका विभिन्न बाजा समूहलाई पञ्चेबाजा वितरण गरेसँगै उनीहरुमा खुसीयाली छाएको छ । पञ्चेबाजा बजाउँदै आएका दलित समुदायलाई पञ्चेबाजाको नरसिंह, सनही, दमाहा, ढोलकी, ट्याम्को र एउटा झ्याली वितरण गरिएको लामिछानेले जानकारी दिनुभयो ।

पालिकाका छ वटै वडाका आठ ओटा बाजा सिरुवारी बाजा समूह, माझकटेरी, उखुबारी, मडुवा नौमती बाजा समूह , पाख्रीबोट, पञ्चासे, सेपत र अरिङ्गाले बाजा समूह आँधीखोलाई पञ्चेबाजा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।