धनकुटाको हिलेमा जारी प्रदेश १ पालिका स्तरिय १५ औ रामनवमीकप भलिवल प्रतियोगिताको फाईनल खेल आज

धनकुटा । रामनवमीको अवसरमा हिलेमा जारी प्रदेश १ पालिका स्तरिय १५ औ रामनवमीकप भलिवल प्रतियोगिताको आज फाईनल खेल हुँदै छ ।

हिले भलिवल क्लवको आयोजनामा सञ्चालित प्रतियोगिताको फाईनल खेल दिउँसो १ बजेदेखी हुनेछ । फाईनलमा झापा गउँपालिका र षडानन्द नगरपालिका भोजपुर भिड्दैछन् ।

यस अघि हिजो भएको सेमीफाईनलमा ईलामलाई हराउदै झापा र आयोजक वि लाई हराउदै षडानन्द नगरपालिका भोजपुर फाईनलमा प्रवेश गरेका थिए ।

प्रतियोगिताको विजयी प्रथम टिमले नगद १ लाख २१ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र र दोश्रो हुने टिमले नगद ६१ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गर्ने प्रतियोगिता आयोजक क्लवका अध्यक्ष सञ्जिप तितुङले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।