धनकुटाको हिलेमा सन्चालित प्रदेश १ पालिका स्तरिय १५ औ रामनवमीकप भलिवल प्रतियोगिताको उपाधि भोजपुरलाई

धनकुटा । धनकुटा १ हिलेमा सञ्चालित प्रदेश १ पालिका स्तरिय १५ औ रामनवमीकप भलिवल प्रतियोगिताको उपाधि पुन डिफेन्डिङ च्याम्पियन षडानन्द नगरपालिका भोजपुरले हात पारेको छ ।

रामनवमीको अवसरमा हिले भलिवल क्लवको आयोजनामा भएको प्रतियोगिताको फाईनलमा यस पटक पनि षडानन्द नगरपालिका झापा गाउँपालिका सँग भिडेको थियो ।

फाईनल खेलको पहिलो सेट २५-२१ ले झापाले जिते पनि षडानन्दले खेलमा पुनरागमन गर्दै लगातार तीन सेट जितेर उपाधि हात पारेको हो । बाँकी तीन सेटमा क्रमश २५-१८,२५-१४ र २५-२२ ले जित्दै उपाधि हात पारेको हो । जित सँगै षडानन्दले नगद १ लाख २१ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गरेको छ ।

दोश्रो भएको झापाले नगद ६१ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ । प्रतियोगिताको सेमिफाईनलमा ईलामलाई हराउदै झापा र आयोजक वि लाई हराउदै षडानन्द नगरपालिका भोजपुर फाईनलमा प्रवेश गरेका थिए ।

प्रतियोगिताको विजयी टोलिलाई धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ, नेपाली सेना पूर्वी पृतना हेडक्वाटर प्रमुख,जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख, सशस्त्र प्रहरीवल ६ नं छिन्ताङ गुल्म प्रमुख, लगायतले पुरस्कार वितरण गरेको आयोजक क्लवका अध्यक्ष सञ्जिप तितुङले जानकारी दिनुभयो ।

प्रतियोगिताको फाईनल खेल अघि धनकुटा भलिवल संघ र आयोजक हिले भलिवल क्लव वीच भएको भालेकपमा हिले भलिवल क्लवले ३०-२८ को सेटले जितेको थियो । तस्विर:सुनिल सिंह

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖