निर्वाचन आयोगलाई निर्देशिका सच्याउन डा देउवाको आग्रह

काठमाडौँ, ३० चैत । नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले निर्वाचन आयोगलाई स्थानीय तहको निर्वाचनमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा महिलालाई उम्मेदवारको व्यवस्था गर्न आग्रह गर्नुभएको छ ।नेपालको संविधानको धारा, ३८ (४)लाई कुल्चने अधिकार निर्वाचन आयोगलाई नरहेको अवगत गराउँदै निर्वाचन आयोगले उम्मेदवारीका विषयमा हालै गरेको निर्णय सच्याउन डा देउवाले आग्रह गर्नुभएको हो ।

निर्वाचन आयोगले यही चैत २२ गते राजनीतिक दलहरुलाई निर्वाचन लैङ्गिक समावेशी बनाउने सन्दर्भमा दिएको निर्देशनमा स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिन राजनीतिक दलले उम्मेदवार मनोनयनमा महिलालाई प्राथमिकता दिने व्यवस्था गरेको थियो । तर यो निर्देशनको व्यवस्था नेपालको संविधानको धारा, ३८(४) विपरीत रहेको भन्दै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा देउवाले यस्तो प्रावधान सच्याउन निर्वाचन आयोगलाई आग्रह गर्नुभएको हो ।

नेपालको संविधान २०७२ को धारा, ३८ (४) मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक हुनेछ भनिएको छ । निर्वाचन आयोगको यो पछिल्लो निर्देशनले संविधानको भावनाको प्रतिनिधित्व नगर्ने भन्दै यो निर्देशिकालाई सच्याई समानुपातिक समावेशी सिद्धान्तका आधारमा महिलालाई उम्मेदवारीको व्यवस्था गर्न डा देउवाले निर्वाचन आयोगलाई अपिल गर्नुभएको हो ।डा देउवाले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “नेपालको संविधानको धारा, ३८(४) लाई कुल्चने अधिकार निर्वाचन आयोगलाई नरहेकोबारे निर्वाचन आयोगलाई अवगत गराउँदै प्रमुख निर्वाचन आयुक्तज्यू र निर्वाचन आयोगका अन्य सदस्यज्यूहरुलाई नेपालको संविधानलाई उच्च सम्मान गर्दै यो निर्णय सच्याउन हुन हार्दिक अनुरोध गर्दछु ।”

यो पनि पढ्नुहोस..काठमाडौँ, ‘सुडी समुदायको स्वाभिमान, सम्मान र पहिचानका लागि सशक्त महासङ्घ’ भन्ने मूल नाराका साथ सुडी समाज महासङ्घ नेपालको सम्पन्न ‘प्रथम राष्ट्रिय सम्मेलन’ सम्पन्न भएको छ । सम्मेलनले परमेश्वर महासेठको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा इन्जिनियर उमाशङ्कर साह, उपाध्यक्षमा नरेश महासेठ र शान्ति महतो तथा महासचिवमा शीतलप्रसाद महतोलाई चयन गरिएको छ । सचिवमा इन्जिनियर रामस्वरुप महासेठ र कोषाध्यक्षमा विनोद साह रहनुभएको छ ।

सो अवसरमा मधेश प्रदेश कृषि विश्वविद्यालयका उपकुलपति डा बैजनाथ महतोले सुडी समुदायको विकास र उन्नयनका लागि नयाँ योजना र दृष्टिकोण आवश्यक रहेको उल्लेख गर्दै अनुशासित र मर्यादित समाजको निर्माणका लागि आफ्ना बालबालिकालाई उचित शिक्षा दिनुपर्ने बताउनुभयो । सुडी समाज काठमाडौँका अध्यक्ष डा अशोक महासेठ र पूर्वअध्यक्ष अधिवक्ता रामकृष्ण निरालाले सुडी जातिको हकअधिकार, भाषा, धर्म, संस्कृति र पहिचानयुक्त आत्मसम्मानको प्रत्याभूतिका लागि समाजका अगुवाले सक्रियतापूर्वक लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

समाजका सल्लाहकारद्वय विश्वनाथ साह र जयशङ्कर महतोले समाजको विकास र समृद्धिका लागि सबैले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली जनता दलका अध्यक्ष हरिचरण साह, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रामनाथ साह, समाजका अगुवा किशोरी महतो, परमेश्वर महासेठ, इन्जिनियर ओमप्रकाश महतो, निभा साह र सुडी समाज काठमाडौँका महासचिव शीतलप्रसाद महतोले समाजभित्रको यथार्थता आत्मसात् गरेर सुडी समाजको सङ्गठनात्मक सुदृढीकरण र समाजको उन्नयनका लागि सम्बन्धित सबै पक्षबीच सहयोग, समन्वय र सहकार्य गरी अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । सुडी समाज काठमाडौँको अध्यक्ष डा महासेठको सभापतित्वमा सम्पन्न सम्मेलनमा काठमाडौँ, ललितपुर, भक्तपुर, झापा, मोरङ, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका करिब १५० सुडी समुदायका अगुवा सहभागी थिए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।