निर्वाचन आचारसंहिता प्रतिकूलका सामग्री सम्प्रेषण नगर्न प्रेस काउन्सिलको अपिल
काठमाडौं । प्रेस काउन्सिल नेपालले स्थानीय तहको निर्वाचनमा पत्रकार आचारसंहिता, निर्वाचन आचारसंहिता, २०७८ को ख्याल गर्दै आ–आफ्नो सञ्चार माध्यमबाट स्वतन्त्र भूमिका खेल्न अपिल गरेको छ ।
काउन्सिलले बुधबार एक विज्ञप्ति जारी गर्दै कुनै दल तथा उम्मेदवारलाई होच्याएर वा गुणगान गाएर, पक्ष वा विपक्षमा समाचार प्रकाशन र प्रसारण नगर्न र नगराउन ध्यानाकर्षण गराएको हो ।
निर्वाचनको समयमा बढी संवेदनशील र सन्तुलित भई समाचार, विचार, विज्ञापन, सम्प्रेषण गर्नुपर्ने भन्दै काउन्सिलले गलत समाचार, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिहरू सम्प्रेषण हुन नदिन सञ्चार माध्यम तथा पत्रकारलाई सजग गराएको छ ।
काउन्सिलले सामाजिक सञ्जालमार्फत् यो वा त्यो दल र दलका उम्मेदवारको प्रचार–प्रसारलाई अतिरञ्जना नगर्नरनगराउन सञ्चार माध्यम, पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ताहरूमा अपिल गरेको छ ।



