प्रेस युनियन सुनसरीद्वारा ५ लाख राशिको अक्षयकोष र पुरस्कार राशि स्थापना

खेमराज सापकोटा ,इटहरी । नेपाल प्रेस युनियन सुनसरीले प्रेस युनियनको इतिहासमा अहिलेसम्मकै ठूलो राशिको अक्षयकोष र पुरस्कार स्थापना गरेको छ । युनियन सुनसरीले एस जी अर्गनाइजेसनसंगको समन्वयमा पाँच लाख राशीको अक्षयकोषको स्थापना गरेको हो ।

इटहरीमा शनिवार आयोजित एक कार्यक्रमका बीच प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारी र एसजी अर्गनाइजेसनका तर्फबाट अध्यक्ष शिव घिमिरेका प्रतिनिधिले साझेदारी पत्रमा हस्ताक्षर गरेका छन् । सुनसरी युनियनले उक्त अक्षयकोष मार्फत प्रत्येक वर्ष जनही एकाउन्न हजार एक सय रुपैयाँका दरले एक जना पत्रकारलाई पुरस्कार दिने भएको छ। त्यसैगरी, सोही संस्थासंगको सहकार्यमा प्रत्येक वर्ष राष्ट्रिय स्तरमा कार्यरत एक पत्रकारलाई एक लाख एक हजार राशिको गोविन्द खेम कुमारी राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने कार्यक्रममा जानकारी दिइएको छ।

युनियन सुनसरीका सभापति पवन अधिकारीका अनुसार रु। ५१ हजार एक सय राशिको गोविन्द खेम कुमारी सृजनशील पत्रकारिता पुरस्कार सुनसरीमा रहेर समाजको हितमा कलम चलाउने पत्रकारलाई प्रदान गरिने छ ।अधिकारीका अनुसार नेपाल प्रेस युनियनले देशभर प्रदान गर्ने पुरस्कारहरु मध्ये यो पुरस्कार देशकै सबैभन्दा ठुलो राशिको पुरस्कार हो । ब्यवसायी घिमिरेले आफ्ना बुबा आमाको स्मृतिमा प्रेस युनियन सङ्गको सहकार्यमा अक्षय कोषका लागि सो रकम प्रदान गरेका हुन ।

सम्झौता पत्र अनुसार अर्गनाईजेसनले प्रत्येक वर्ष अर्गनाइजेसनको औद्योगिक व्यापारिक प्रतिष्ठान मार्फत वार्षिक एक लाख एक हजार गोबिन्द खेमकुमारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि उपलब्ध गराउने उल्लेख छ। त्यसगरी, अक्षयकोषका लागि ५ लाख रुपैयाँ एकमुष्ट जम्मा गर्ने र त्यसबाट प्राप्त ५१ हजार एक सय रुपैयाँको गोबिन्द खेम कुमारी स्मृति सृजनसिल पत्रकारिता पुरस्कार सुनसरीमा कृयाशिल रहेर पत्रकारिता गर्ने पत्रकारलाई प्रदान गरिने छ ।

अर्गनाइजेसनका तर्फबाट निर्देशक सुदिप घिमिरेले संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत सञ्चारकर्मीसँग सहकार्य गरेको बताए । पत्रकारका हक हितका लागि निरन्तर काम गर्दै आएको लोकतान्त्रिक संस्था युनियनले गरेको यो काम प्रशंसा योग्य रहेको नेपाल प्रेस युनियन सुनसरीका पूर्व सभापति एवं पत्रकार महासङ्घ सुनसरीका पूर्व अध्यक्ष कृष्ण अधिकारीले बताए । उनले युनियनले पत्रकार महासङ्घले गर्नुपर्ने कामहरू गर्दै आएको बताए ।

पत्रकार महासङ्घका केन्द्रीय सदस्य अमर खड्काले संस्थाले पैसालाई उपयोगी ठाउँमा लगानी गरेको बताउँदै युनियनका युवा नेतृत्वले त्यसलाई उपयोगी गराउने बताए । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि रोहित प्रसाईँले पनि युनियन सुनसरीले सञ्चारकर्मीका लागि उल्लेख्य काम गरेको बताए ।

प्रसाईँले आफ्ना स्व। बुबा आमाका नाममा युनियन सुनसरीको भवन निर्माणका लागि जग्गा प्रदान गरेका छन् । केही दिन अधि प्राप्त जग्गामा युनियन सुनसरी भवन निर्माणको प्रक्रियालाई अगाडि बढाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।