एकानब्बे आरोही समूहका ७४० आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ, ५ वैशाख । यस वर्षको वसन्त ऋतुमा पर्वतारोहणका लागि हालसम्म ९१ आरोही समूहका ७४० आरोहीले आरोहण अनुमति लिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार वैशाख ४ गतेसम्म सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) सहित विभिन्न २२ हिमाल आरोहणका लागि आरोहण अनुमति जारी गरिएको हो । हालसम्म सगरमाथा हिमाल आरोहणका लागि सर्वाधिक ३२ आरोही समूहका २६२ आरोहीले अनुमति लिएका छन् ।

विभागको पर्वतारोहण शाखाको तथ्याङ्कमा अहिलेसम्म सगरमाथा आरोहणका लागि मात्रै ३२ समूहका २६२ आरोहीले अनुमति लिएका छन् । त्यस्तै, माउन्ट ल्होत्से (८,५१६ मिटर) आरोहणका लागि १० समूहका ९४ आरोहीले अनुमति लिएका छन् । अमादब्लम (६,८१४ मिटर) आरोहणका लागि छ समूहका ६५ आरोहीले अनुमति पाएका छन् । कञ्चनजङ्घा (८,५८६ मिटर) आरोहणका लागि छ समूहका ६७ आरोहीले अनुमति लिएका छन् । नुप्त्से (७,८५५ मिटर) मा पाँच समूहका ३८ आरोही छन् ।

त्यसैगरी अन्नपूर्ण (८,०९१ मिटर) आरोहणका लागि चार समूहका २६, धौलागिरि (८,१६७ मिटर) आरोहणका लागि दुई आरोही समूहले आरोहण अनुमति लिएका छन् । मिलुङ्ग चुलीका लागि दुई, भेम्दोङ्ग, गङ्गापूर्ण र थापा पिकका लागि तीन आरोही समूहले आरोहण अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हिमाल आरोहणबाट हालसम्म रु ३९ करोड ५२ लाख ३१ हजार ५२ रोयल्टी उठेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।