बझाङको सैनपसेला केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ, ६ वैशाख । बझाङको सैनपसेला केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६.०३ बजे बझाङ जिल्लाको सैनपसेला केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ ।

व्यक्तिगत रूपान्तरण तथा तनाव व्यवस्थापन प्रशिक्षात्मक कार्यक्रम
गण्डकी, ६ वैशाख (रासस) :पोखरा विश्वविद्यालयले रजतजयन्तीको अवसरमा व्यक्तिगत रूपान्तरण तथा तनाव व्यवस्थापन विषयक एक दिवसीय प्रशिक्षात्मक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रा डा चिन्तामणि योगी र स्वामी योगानन्दले प्रशिक्षण दिनुभएको थियो ।

पोखरा विश्वविद्यालयका उपकुलति एवं रजतजयन्ती मूल तयारी समितिका अध्यक्ष प्रा डा प्रेमनारायण अर्यालले मान्छेको प्राण, कमाएको धन, सम्पत्ति र उसको भौतिक शरीरको कुनै ठेगान नभएको उल्लेख गर्दै उसले कमाएको नाम र प्रतिष्ठा अमर रहने हुनाले व्यक्तिगत चिन्ता र स्वार्थ छाडी सबै सत्कर्ममा लाग्नुपर्नेमा जोड दिनुभयो ।

विश्वविद्यालयको प्रतिष्ठा अभिवृद्धिका लागि सम्बन्धित सबैले अनावश्यक रिस, राग, द्वेष र घृणा छाड्नुपर्ने उल्लेख गर्दै उहाँले विश्वविद्यालय बनाउन सबै एकजुट हुनुपर्ने र एकले अर्कालाई विश्वासमा लिई काम गर्नुपर्नेमा जोड दिनुभयो ।

विश्वविद्यालयका रजिष्ट्रार डा दीपकबहादुर भण्डारीले कम्प्युटरमा हार्डवेयर र सफ्टवेयर भएजस्तै मान्छेको शरीररूपी हार्डवेयरमा काम नलाग्ने विचारलाई हटाई नयाँ–नयाँ सिर्जनात्मक एवं सकारात्मक सोचहरूले मस्तिष्कलाई समयानुकूल रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । विश्वविद्यालयमा सकारात्मक सोचको विकासका लागि यस किसिमका कार्यक्रम फलदायी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रशिक्षक डा चिन्तामणि योगीले मानिस परिवार मोह, माया प्रेम, तेरो मेरो, धन सम्पत्ति, प्रतिष्ठा आर्जनमै जीवन बिताउने गरेकाले उसले आफँैले आफूलाई चिन्न नसकेको तर्क राख्नुभयो । उहाँले मानिस अरूको कारणले नभई आफ्नै कर्मले दुःखी र चिन्तित रहने गरेको उल्लेख गर्नुभयो । डा योगीले पोखरा विश्वविद्यालय शिक्षा क्षेत्रको एउटा महत्वपूर्ण धरोहर भएकाले यसको प्रतिष्ठा अभिवृद्धि, सहयोग र सहकार्यका लागि आफू सधँै लागिपर्ने बताउनुभयो ।

अर्का प्रशिक्षक स्वामी योगानन्दले मानिस तनावै तनावमा जीउने गरेको उल्लेख गर्दै दीर्घजीवनका लागि मानिसले तनावलाई व्यवस्थापन गर्नु अपरिहार्य रहेको उल्लेख गर्नुभयो । उहाँले योगा, भोजन शुद्धि, वाणी शुद्धि, परिवेश शुद्धि र सोचको सही प्रयोगले तनाव व्यवस्थापन गर्ने बताउनुभयो । उहाँले लफिङ थेरापी, मेडिटेशन र विभिन्न योगा विधिका बारेमा अभ्यास प्रदान गर्नुभएको थियो ।

पोखरा विश्वविद्यालय योजना तथा कार्यक्रम महाशाखा प्रमुख एवं कार्यक्रम संयोजक दीपकराज पौडेल, डा अर्जुनकुमार थापालगायतले जिम्मेवारीबाट पन्छिदैमा तनाव कम नहुने र जिम्मेवारी निर्वाह गर्नु पनि तनाव व्यवस्थापनको एक पाटो भएको बताउनुभयो । कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, शिक्षक, कर्मचारीलगायत लगभग २०० जनाको उपस्थिति थियो ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।