‘चुनावका बेला गलत समाचारबाट बच्नुपर्छ’

काठमाडौँ, ६ वैशाख । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले चुनावका बेला गलत समाचारबाट बच्नुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “यस्तो बेलामा ‘फेक न्युज’को कारखाना नै चल्न सक्ने खतरा रहन्छ, त्यसैले हरेक समाचार छाप्नुअघि सचेत रहनुपर्छ र हरेक सञ्चारगृहले आफ्ना सञ्चारकर्मीलाई यस विषयमा सचेत रहन भन्नुपर्छ ।”

विभिन्न सञ्चार संस्था भन्दै स्वदेश एवं विदेशतिरबाट त्यस्ता प्रायोजित समाचार बन्न सक्ने भन्दै नेपाली मिडियाले साभार गर्दा विशेष ख्याल पु¥याउनुपर्ने उहाँको सुझाव थियो । निर्वाचन आयोगले प्रेस काउन्सिल र नेपाल पत्रकार महासङ्घको सहकार्यमा आज आयोजना गरेको सञ्चारकर्मीको एकदिने अभिमुखीकरण कार्यक्रममा उहाँले मिथ्या सूचना, दुष्प्रचार र गलत समाचारबाट प्रत्येक सञ्चारकर्मी जोगिनुपर्ने बताउनुभयो ।

उहाँले विश्वसनीयताकै कारण पत्रकारिता जगत् बलियो हुने भएकाले त्यसलाई जोगाउन सञ्चारकर्मी स्वयं जुट्न आग्रह गर्नुभएको थियो । निर्वाचनका समयमा निर्वाचन आचारसंहितको पालना गर्ने पहिलो पङ्क्तिमा सञ्चारकर्मी हुने भएकाले नै राजनीतिक नेताहरुले आचारसंहिता उल्लङ्घन गरेमा सचेत गराउन सक्ने उहाँको तर्क थियो ।

आयोगले चुनावका क्रममा मिडियाको आचारसंहिताबारे अनुगमनको जिम्मेवारी काउन्सिललाई दिएको छ । काउन्सिलले यही वैशाख १ गतेदेखि रेडियो, टिभी, छापा, अनलाइन र सामाजिक सञ्जालको अनुगमन सुरु गरिसकेको बताउँदै आचारसंहिता उल्लङ्घन गरेको पाइए तत्काल कारबाही गरिने जानकारी पनि उहाँले दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।