अमेरिकी सांसदको प्रतिनिधिमण्डलले नेपाल भ्रमण गर्ने

वासिङ्टन डिसी, ७ वैशाख । अमेरिकी संसद्को तल्लो र माथिल्लो सदनका सदस्यहरुले नेपालको तीनदिने भ्रमण गर्ने भएका छन् । सिनेटरहरु कोरी बुकर, मार्क केली, क्रिष्टन गिलव्राण्ड र मोन्ड्री जोन्स सम्मिलित प्रतिनिधिमण्डल शुक्रबार नेपाल जान लागेको हो ।

यही शुक्रबार यहाँ आइपुग्ने सो प्रतिनिधिमण्डलका सदस्यहरु आगामी आइतबारसम्म नेपालमा रहनुहुनेछ । अमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासले उहाँहरुले आगामी अप्रिल २२ देखि २४ सम्म नेपाल भ्रमण गर्न लाग्नुभएको जानकारी दिएको छ ।

नेपाल अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औँ वर्ष प्रवेशको पूर्वसन्ध्यामा कंग्रेसनल प्रतिनिधिमण्डलले नेपाल भ्रमण गर्न लागेकाले यस भ्रमणलाई महत्वपूर्ण मानिएको छ । सिनटेर कोरी बुकरको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा यो मजबुत कंग्रेसनल डेलिगेशनले पोल्याण्ड, संयुक्त अरव इमिरेट्स, भारत, नेपाल र जर्मनीको भ्रमण गर्ने उल्लेख गरेको छ ।

यस भ्रमणका क्रममा युक्रेनमाथि रुसको आक्रमणलगायतका विषयमा छलफल हुने बताइएको छ । नेपालले संयुक्त राष्ट्रङ्ंघको वडापत्रअनुसार युक्रेनमाथिको रुसको आ क्रमणको विपक्षमा आफूलाई उभ्याएर विभिन्न मतदानमा भागसमेत लिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।