दृष्टिविहीन र बटुक विद्यार्थी पनि एसइईमा

गलकोट, ८ वैशाख । कोरोना भाइरसका कारण दुई वर्षदेखि भौतिकरूपमा हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसइई) यस वर्ष भोलि शुक्रबारदेखि सुरु हुँदैछ । बागलुङमा एस वर्ष एसइईमा चार हजार ८९६ विद्यार्थी सहभागी हुँदैछन् । तीमध्ये दुई दृष्टिविहीन, पाँच संस्कृत विद्यालयका बटुक र २५५ प्राविधिक धारका विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

विगत दुई वर्ष विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै सञ्चालन गरिएको परीक्षा यो वर्ष पुनः त्यसअघिको जस्तै परीक्षा केन्द्रमार्फत सञ्चालन हुन लागेको हो । उक्त परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जिल्ला शिक्षा समन्वय एकाइले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । जिल्लाभरका १०८ सामुदायिक विद्यालय र ३२ निजी विद्यालय र एक खुला विद्यालय गरी जम्मा १४१ विद्यालयका चार हजार ८९६ विद्यार्थी परीक्षामा सम्मिलित हुने एकाइ प्रमुख कुश्मराज उपाध्यायले जानकारी दिनुभयो ।

“दृष्टिविहीन विद्यार्थीका लागि अभिभावकसहित आउन पाउने व्यवस्था मिलाएका छौँ, संस्कृत विषयका विद्यार्थीका लागि छुट्टै तयारी भइसकेको छ, प्राविधिक धारका सबै विद्यार्थीको परीक्षा बागलुङ बजारमा एकमुष्ट हुनेछ, आगामी दिन गाउँमा समेत केन्द्र राखिने छ”, उहाँले भन्नुभयो, “परीक्षालाई मर्यादित बनाउन सुरक्षाकर्मी र अनुगमनकर्ता खटाइएको छ, यस वर्ष ग्रेड वृद्धिका लागि ४८ विद्यार्थीका लागि तोकिएको केन्द्रमा परीक्षा दिने व्यवस्था मिलाइएको छ ।”

उक्त परीक्षाका लागि जिल्लामा ३१ वटा परीक्षा केन्द्र कायम गरिएको छ । परीक्षा सम्पन्न गर्न ३१ केन्द्राध्यक्ष, ३७ सहायक केन्द्राध्यक्ष, निरीक्षक २४५, परीक्षा सहायक ४९, कार्यालय सहायक ९८ र ४६५ सुरक्षाकर्मी खटाइएको छ । परीक्षामा जनता माध्यामिक विद्यालय नारायणस्थानका दुई दृष्टिविहीन, मुक्तिनाथ वेद विद्याश्रमका पाँच संस्कृततर्फका र प्राविधिक धारका १० विद्यालयका २५५ विद्यार्थी सहभागी हँुदैछन् ।

परीक्षालाई मर्यादित बनाउन परीक्षाको निरीक्षण, अनुगमन, राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा समन्वय समितिका पदाधिकारी, जिल्ला समन्वय समितिका पदाधिकारी, उक्त एकाइ र स्थानीय तहका तोकिएका पदाधिकारी र कर्मचारी सहभागी हुने भएका छन् । वैशाख २० गतेभित्रै एसइईको सबै परीक्षा सम्पन्न हुनेछ । जिल्लामा रहेका ३१ परीक्षा केन्द्रमध्ये सबैभन्दा बढी २७१ विद्यार्थी भानु माध्यामिक विद्यालय केन्द्र र सबैभन्दा थोरै ६३ विद्यार्थी फ्युचर ब्राइटर बोर्डिङ केन्दबाट परीक्षा दिँदैछन् । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।