रसुवामा चुनावी माहोल बढ्दै

रसुवा, १७ वैशाख ।आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय– तहको निर्वाचनमा भाग लिने उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै रसुवामा चुनावी माहोल बढ्दै गएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार रसुवा जिल्लाको पाँच गाउँपालिकाको लागि अध्यक्ष, उपाध्यक्षको साथै २७ वडासमेतमा १४५ जनप्रतिनिधिका लागि ४६५ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । रसुवाका पाँचवटै निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनमा भाग लिने उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको र रसुवामा ११ राजनीतिक दलले उम्मेदवारी दिएका छन् ।

यही ११ र १२ गते उम्मेददवारको मनोनय दर्ता भएसँगै आ–आफ्ना पक्षमा मत माग्न नेता तथा कार्यकर्ता उत्साहपूर्वक घरदैलो कार्यक्रमलाई अघि बढाइरहेका छन् । रसुवामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, राप्रपा नेपाल, राप्रपा, मङ्गोल नेशनल अर्गनाइजेशन, नेकपा समाजवादी, ताम्सालिङ लोकतान्त्रिक पार्टी, जन समाजवादी पार्टी नेपालको साथै केही स्वतन्त्र व्यक्तिले उमेदवारको मनोनयन बुझाएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिनुभयो ।

स्थानीय–तहको निर्वाचनको निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्था पूरा भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताउनुभयो । शान्तिपूर्ण र भयरहित वातावरणमा स्थानीय– निकायको निर्वाचन सम्पन्न गराउने साझा दायित्व भएकाले सबै क्षेत्रबाट सहयोग पाउनेमा आफूहरू आशावादी भएको सरकारी अधिकारीले जनाएका छन् ।

सुरक्षाका लागि पहिलो पङ्क्तिमा नेपाल प्रहरी, दोस्रो पङ्क्तिमा म्यादी प्रहरी, तेस्रोमा सशस्त्र प्रहरी बल र चौथो पङ्क्तिमा नेपाली सेना परिचालन हुने बताइएको छ । रसुवाको पाँच वटा गाउँपालिका क्षेत्रमा ३४ मतदान तथा ५१ वटा मतदान केन्द्रबाट ३८ हजार ५४५ मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिनुभयो । स्थानीय–तहको निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने ३०० भन्दा बढी निजामती कर्मचारी परिचालित हुने र कर्मचारी खटाउन पूर्वतयारी भइरहेको बताइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।