उम्मेदवारको निधन

रुपन्देही, १८ वैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिनुभएका एक जनाको निधन भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट मर्चवारी गाउँपालिका–३ को दलित महिला सदस्य पदमा उम्मेदवारी दिनुभएका कुसुमी पासिनको शनिबार मृ,त्यु भएको हो । उहाँको मृ,त्युको सूचना पाएपछि निर्वाचन आयोगमा जानकारी गराइएको मर्चवारीका निर्वाचन अधिकारी सरोज पोखरेलले बताउनुभयो । उहाँले निर्वाचनलाई असर नपर्ने गरी पुनः मनोनयनको प्रक्रिया अघि बढाउने उल्लेख गर्नुभयो ।

यो पनि पढ्नुहोस..गण्डकी, पोखरा विश्वविद्यालयले पोखरा महानगरपालिका–३०, खुदी, ढुङ्गेपाटनमा आफ्नो १०० शय्याको शिक्षण अस्पताल निर्माणका लागि विस्तृत प्रारम्भिक वातावरणीय परीक्षण (आइई) अध्ययन प्रतिवेदन तयार गर्न सम्झौता गरेको छ ।
विश्वविद्यालयका रजिष्ट्रार डा दीपकबहादुर भण्डारी र श्रेष्ठ कन्सल्टेन्ट प्रालि, ललितपुरका प्रबन्ध निर्देशक इन्द्रलाल श्रेष्ठबीच उक्त सम्झौता भएको विश्वविद्यालयका सूचना अधिकृत लोकप्रसाद ढकालले जानकारी दिनुभयो । वातावरणीय परीक्षणबाट अस्पतालको स्थापनाले स्थानीय क्षेत्रमा भौतिक, जैविक, सामाजिक–आर्थिक, जनस्वास्थ्य र सांस्कृतिक पक्षमा पर्नसक्ने सम्भावित वातावरणीय प्रभावका पहिचान, सम्भावना र विश्लेषण गर्नेछ ।

प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्नेतर्फ अध्ययन प्रतिवेदन केन्द्रित हुने र यस कार्यले परियोजना वा अस्पताल क्षेत्र तथा यसको वरपरका समुदायलाई पर्यावरणीय स्रोत, सामाजिक–आर्थिक र स्वास्थ्य लाभमा सुधार पहुँच गर्नसमेत मद्दत पुग्ने विश्वास लिइएको छ । वातावरणीय परीक्षण अध्ययन प्रतिवेदन चार महिनाभित्र पूरा गर्नुपर्ने छ ।पोखरा विश्वविद्यालय अस्पताल निर्माण एउटा बृहत् योजना भएको र यसका आवश्यक पूर्वाधार निर्माण गर्न अझै केही वर्ष लाग्ने भएकाले विश्वविद्यालयले हालको छात्रावासलाई परिमार्जन गरी अस्पताल सञ्चालनको तयारी गरिरहेको ढकालले जानकारी दिनुभयो । छात्रावासलाई स्थायी अस्पताल भवन नबनेसम्म १०० शय्याको अस्पतालको रूपमा प्रयोग गर्ने योजनास्वरूप विश्वविद्यालयले बोलपत्र आह्वान गरिसकेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖