वायुसेवा निगमको स्पष्टोक्ति

काठमाडौँ, २० वैशाख। नेपाल वायुसेवा निगमले तनावका कारण ढलेका निगमका कर्मचारी देवराज ओझाका सम्बन्धमा गरिएको हल्लामा सत्यता नरहेको स्पष्ट पारेको छ ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले एक कर्मचारीलाई यातना दिएर बेहोस भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्दै निगमले अध्यक्षको कार्यकक्षमा बेहोस भएर ढलेका ओझालाई उपचारका लागि मोडल अस्पताल पु¥याइएको जनाएको छ ।

निगमका अध्यक्ष अधिकारीले ओझा सोमबार दिउँसो एक्कासी आफ्नो कार्यकक्षमा ढलेपछि तत्काल उपचारका लागि अस्पताल लगिएको विषयलाई अतिरञ्जित बनाइएको बताउनुभयो । उहाँले निगम अध्यक्षको कार्यकक्षमा लगाइएको ताला पनि सङ्गठनका पदाधिकारीले हिजै खोलिसकेको स्पष्ट पार्नुभयो । “कर्मचारी ओझालाई संस्थाका विषयमा केही दिनअघि सामान्य सोधपुछ गरिएको थियो, यही विषयलाई बढी हौवा फिजाइयो । निगमको प्रगति देख्न र सहन नसक्ने केही विरोधी स्वार्थी समूहको संलग्नतामा नकारात्मक प्रचारबाजी भएको छ”, अध्यक्ष अधिकारीले भन्नुभयो ।

अधिकारीले बिरामी कर्मचारी ओझालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नेपाल मोडल अस्पताल पु¥याए पनि निगमकै कर्मचारीले अध्यक्ष अधिकारीलाई कमजोर पार्न गलत हल्ला फिँजाएको बताइएको छ । हालै पर्यटनमन्त्री प्रेमबहादुर आलेले अध्यक्ष अधिकारीमाथि स्पष्टीकरण सोधेको सूचना चुहाएको भन्दै ओझालाई अधिकारीले कार्यकक्षमा बोलाएर साधारण सोधपुछ गर्ने काम गरे पनि उक्त विषयलाई विभिन्न सञ्चारमाध्यम र निगमभित्रकै कर्मचारी सङ्घसंस्थाले यसलाई ठूलो ‘इस्यू’ बनाएको निगमले जनाएको छ ।

निगमको आधिकारिक ट्रेड युनियन निगम कर्मचारी युनियनका अध्यक्ष सुवास डाँगीले घटनाको सत्यतथ्य नआइकन कार्यकारी अध्यक्षको कार्यकक्षमा ताला लगाउने विषयमा सङ्गठनको असहमति रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कर्मचारी साथीहरूले हिजो साँझ कार्यकारी अध्यक्षको कार्यकक्षमा ताला लगाए भन्ने सुनिएको छ । हामीसँग छलफल भएको छैन, ताला लगाउने विषयमा हाम्रो सहमति छैन । कार्यकारी प्रमुखले कर्मचारीलाई अनुचित दबाब दिएको भन्ने आएको छ, सत्यतथ्य छानविन गरेर दोषीलाई कारबाही हुनुपर्छ भन्ने आम्रो धारणा हो तर तालाबन्दी गरिनु राम्रो होइन, कार्यालय पुगेर छलफल हुन्छ ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।