नवौँ शताब्दीको पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्दै अमेरिका

काठमाडौँ, २४ वैशाख । संयुक्त राज्य अमेरिकाको कनेक्टिकट राज्यस्थित येल युनिभर्सिटी आर्ट ग्यालरीले आफ्नो स्थायी सङ्ग्रहमा रहेको नवौँ शताब्दीमा बनेको ढुङ्गाको पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्ने भएको छ ।

उक्त मूर्ति नेपाललाई फिर्ता गर्नेसम्बन्धी सहमतिपत्रमा न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावास र येल युनिभर्सिटी आर्ट ग्यालरीबीच शुक्रबार हस्ताक्षर भएको महावाणिज्य दूतावासले जनाएको छ ।

विसं २०३२ मा भक्तपुरको गोलमाडीस्थित वीरभद्रेश्वर महादेव मन्दिरबाट उक्त मूर्ति हराएको थियो । सात वर्षअघि येल युनिभर्सिटी आर्ट ग्यालरीलाई एक जना दाताले उक्त मूर्ति प्रदान गरेका थिए । उक्त मूर्ति नेपालको भए÷नभएको सम्बन्धमा ग्यालरी र नेपालको पुरातत्व विभागले बेग्ला–बेग्लै अनुसन्धान गरेका थिए । न्यूयोर्कस्थित महावाणिज्य दूतावासले आर्ट ग्यालरी र पुरातत्व विभागसँगको समन्वयमा मूर्ति नेपाल फिर्ता गर्नेछ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।