झापामा अवैध सुन सहित एक जना पक्राउ

झापा, ५ जेठ । झापामा अवैध रुपमा लुकाई ल्याएको ३ सय ४९ ग्राम ७ सय मिलिग्राम सुन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका–२ बस्ने कैलाली जानकी गाउँपालिका–५ वतन भएका ३३ वर्षीय धिरेन्द्र जैसी रहेका छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुल अगाडि सडकमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरीले जाँच गर्ने क्रममा उक्त सुनसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय झापामा बुझाइएको छ ।

सुनकोसीमा तिमल्सिना, जुगलमा माओवादी–कांग्रेस गठबन्धन विजयी
सिन्धुपाल्चोक, ५ जेठ (रासस):सुनकोसी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का टपिन्द्रप्रसाद तिमल्सिना विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार श्रवण जिसीलाई ४२ मतले पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको हो । तिमल्सिनाले पाँच ९३२ मत पाउनुभयो ।उपाध्यक्षमा नेपाली कांगे्रसकी कान्छी लामा पाँच हजार ९०४ मत प्राप्तगरी विजयी हुनुभयो । उहाँको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी दुर्गा थापाले चार हजार ९७४ मत पाउनुभयो ।

जुगल गाउँपालिकामा माओवादी–कांग्रेस गठबन्धन विजयी भएको छ । अध्यक्षमा माओवादीका उम्मेदवार रेशम स्याङ्वो र उपाध्यक्षमा कांग्रेसका हिमालकुमार श्रेष्ठ निर्वाचित हुनुभयो ।

स्याङ्वोले पाँच हजार ५७२ र श्रेष्ठले चार हजार ७६८ मत प्राप्त गर्नुुभयो । निकटतम् प्रतिद्वन्द्वी एमाले प्रमुखका उम्मेदवार जयबहादुर लामाले चार हजार ४०० र उपप्रमुखका निकटतम प्रतिस्पर्धी सुनिता थापा लामाले तीन हजार ७०७ मत पाउनुभयो । पाँचपोखरी गाँउपालिकामा मतगणना जारी रहेको र एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।