गोठमा आगलागी हुँदा भैँसी सहित तीन पशु जलेर मरे, अढाई लाखको क्षति

रौतहट,१ मंसिर। बाराको प्रसौनी गाउँपालिका–६ बेलहियामा गोठमा आगलागी हुँदा भैँसीसहित तीनवटा पशु जलेर मरेका छन्। आगलागीबाट करिब २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ।

मंगलबार बिहान ४ बजेर ५ मिनेटको समयमा स्थानीय ४० वर्षीय राजदेव यादवको इँटाको पर्खाल र फुसको छानो भएको गोठमा अचानक आगलागी भएको हो।

आगलागीको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराबाट वरिष्ठ प्रहरी सहायक निरीक्षक (वरिष्ठ सई) विनोद राना मगरको कमान्डमा सात जना प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ४ बजेर ४० मिनेटमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी मानबहादुर घलेका अनुसार आगलागीबाट गोठमा रहेका एक भैँसी, एक पाडा र एक बाख्रा जलेर मरेका छन्। साथै लत्ताकपडा र दमकलको पाइप दुई रोलसमेत जलेर नष्ट भएका छन्।

घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। आगलागीबाट करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रारम्भिक विवरण छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖