सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

काठमाडौं, १ मंसिर । सरकारले बर्दियाको बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का तोडेको छ । पुल निर्माणमा अन्योलता देखिएको भन्दै भौतिक पूर्वाधार मन्त्रालयले पुलको ठेक्का तोडेको हो ।

भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले धेरै वर्षदेखि अलपत्र नेपाल–भारत सीमा मूर्तियादेखि बर्दियाको गुलरिया हुँदै पूर्वपश्चिम राजमार्ग जोड्ने बबई नदीको जब्दीघाटमा पुल निर्माणमा देखिएको अन्योलता अन्त्य गरिएको बताएका छन् ।

२०६८ सालमा ठेक्का सम्झौता भई निर्माण सुरु भएको यो आयोजना हस्तान्तरण नहुँदै २०७४ सालमा पुल भासिएको थियो। रुग्ण बनेको आयोजनाको ठेक्का २०७९ सालमा रद्द गरिएपछि पनि विविध कारणले निर्माण प्रक्रिया अघि बढ्न सकेको थिएन। स्रोत सुनिश्चितता तथा प्राविधिक समस्याका कारण यो आयोजना लामो समयदेखि अलपत्र अवस्थामा रह्यो।

यस बीचमा तत्कालीन सांसद नै अनशन बस्नुपरेको भन्दै उनले अलपत्र पुलको पुन: ठेक्का सम्झौता गरी निर्माण कार्य अघि बढाएको जानकारी गराएका छन् ।

करिब ६८ करोड ४५ लाख रुपैयाँ लागतमा निर्माण हुने पुलको ९ महिनाभित्र डिजाइन स्वीकृत गरी ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖