जेन्जी आन्दोलनका क्रममा वीरगञ्ज बाल सुधार गृहबाट फरार कैदी पक्राउ

रौतहट, १ मंसिर। जेन्जी आन्दोलनका क्रममा वीरगञ्जस्थित बाल सुधार गृहबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ। अदालतबाट १२ वर्ष ६ महिना कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना तोकिएका २२ वर्षीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलवार बिहान करिब ९ः३० बजे वीरगञ्ज महानगरपालिका–४ स्थित मालपोत चोकबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५, कालिका मन्दिर क्षेत्रका २२ वर्षीय परिवर्तित नाम वीरेन्द्रनगर (L) रहेका छन्।

प्रहरीका अनुसार उनलाई सुर्खेत जिल्ला अदालतबाट अप्राकृतिक मैथुन तथा बाँके जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा १२ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवानाको सजाय तोकिएको थियो।

सजाय भुक्तानका क्रममा रहेका उनी २०८२ भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा वीरगञ्जस्थित बाल सुधार गृहबाट फरार भएका थिए।

लामो समयदेखि फरार रहेका उनलाई विशेष सूचनाका आधारमा खोजतलास गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए। पक्राउ परेका युवकलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖