एमालेको राष्ट्रिय भेला आजबाट काठमाडौंमा सुरु हुँदै

काठमाडौं, २ मंसिर । नेकपा एमालेको राष्ट्रिय भेला आजबाट काठमाडौंमा सुरु हुँदैछ ।

 

काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजना हुने यो राष्ट्रिय भेला दुई दिनसम्म (भोलिसम्म) जारी रहनेछ ।

 

पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको एमाले स्थायी कमिटीको बैठकले राष्ट्रिय भेलाको तयारी र एजेन्डाबारे छलफल गरी यसलाई मुख्य रूपमा स्थानीय निर्वाचनको तयारी र पार्टी संगठन परिचालनमा केन्द्रित गर्ने निर्णय गरेको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् ।

अध्यक्ष केपी शर्मा ओली: राष्ट्रिय राजनीति, पार्टीको भावी कार्यदिशा र आगामी दिनमा गर्नुपर्ने कामहरूबारे कार्यपत्र प्रस्तुत गर्नेछन्  भने वरिष्ठ नेता विद्यादेवी भण्डारी: मुलुकको समसामयिक परिस्थिति र पार्टीको कार्यभारसम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

 

आजबाट सुरु हुने यस राष्ट्रिय भेलामा देशभरबाट ३,४१४ जना प्रतिनिधि तथा नेताहरूको सहभागिता रहने नेकपा एमालेले जनाएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖